कोइला खानीको विस्तारको विरोध गरिरहेकी स्विडेनी जलवायु अभियन्ता ग्रेटा थनबर्गलाई प्रहरीले पक्राउ,


लेखक : सुन्दराञ्चल      माघ ४, २०७९ मा प्रकाशित     
कोइला खानीको विस्तारको विरोध गरिरहेकी स्विडेनी जलवायु अभियन्ता ग्रेटा थनबर्गलाई प्रहरीले पक्राउ,

काठमाडौं ४ माघ, । पश्चिम जर्मनीको एउटा गाउँमा कोइला खानीको विस्तारको विरोध गरिरहेकी स्विडेनी जलवायु अभियन्ता ग्रेटा थनबर्गलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनी लगायत अन्य प्रदर्शनकारीलाई मंगलबार पक्राउ गरेको समाचार संस्था एपीले जनाएको छ । पक्राउपछि उनी जलवायु अभियन्ता भएको खुलेपछि रिहा गरिएको प्रहरीले जनाएको छ ।

यसअघि पनि पश्चिम जर्मनको नर्थ राइन-वेस्टफालियाका धेरै ठाउँमा खानी विस्तारको विरोधमा प्रदर्शन भएका थिए । प्रहरी हस्तक्षेपसहित खानी बिस्तार जारी राखेपछि ग्रेटासहितको टोली त्यहाँ पुगेको हो ।

जर्मन समाचार एजेन्सी डीपीएका अनुसार प्रहरीले प्रदर्शनकारीलाई अवरोध रोक्न आग्रह गरेको थियो । प्रदर्शनकारीहरूले अनुरोध नमानेपछि पक्राउ गरी हिरासतमा लिइएको प्रहरीले स्पष्ट पारेको छ । प्रदर्शन बढेपछि प्रहरीले गाउँलेलाई नै हटाएर गाउँ सिल गर्दै खानी बिस्तारको काम गरिरहेको छ ।

प्रशासनको यही कदमको विरोधमा ग्रेटा थनबर्ग स्विडेनबाट जर्मनी आएकी हुन् । उनी मंगलबार लुएत्जेराथ नजिक आयोजित विरोध प्रदर्शनीमा सहभागी भएकी थिइन् ।समाचार संस्था एपी

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap