कैलाली, सप्तरी, कास्की र पर्सामा चारजना मृत फेला


लेखक : सुन्दराञ्चल      भदौ १, २०७८ मा प्रकाशित     
कैलाली, सप्तरी, कास्की र पर्सामा चारजना मृत फेला

काठमाडौं । कैलाली, सप्तरी, कास्की र पर्सामा चारजना मृत अवस्थामा फेला परेका छन् ।

कैलालीको गोदावरी नगरपालिका–१० भागेश्वर टोल बस्ने ६२ वर्षीय बुदे कामी आफ्नै घर नजिकै झाडीमा मृत अवस्थामा फेला परेका छन् ।

सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित खेतमा सोही ठाउँ बस्ने ३० वर्षीय सुकनन्दन माझी मृत अवस्थामा फेला परेका छन् ।

कास्की, पोखरा महानगरपालिका–२२ सानपानी खोलामा धनकुटा घर भएका ४५ वर्षीय दिपेन्द्र भन्ने पुरुष मृत अवस्थामा फेला परेका छन् ।

पर्सा, वीरगञ्ज महानगरपालिका–३० प्रसौतीपुरस्थित भेडिया खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ३ वर्षीय बालक मृत अवस्थामा फेला परेका छन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap