सुदूरपश्चिम प्रदेशका भौतीक पुर्वाधार मन्त्री प्रकास बहादुर देउवाले भौतीक पुर्वाधारका क्षेत्रमा मन्त्रालयले महत्वपुर्ण काम गरिरहेको बताउनु भएको छ । देउवाले सिचाँई खानेपानि पुर्वाधारका क्षेत्रमा धरै सुधार आएको बताउनु भयो । मन्त्रालयले पत्रकार संग आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री देउवाले यस्तो बताउनु भएको हो । यातायात कार्यलयलाई व्यवस्थीत गर्न छिट्टै अनलाईन माध्यमबाट पँैशा तिर्ने व्यवस्था गर्ने लागेको समेत बताउनुभयो । मन्त्री देउवाले पुर्वाधारका क्षेत्रमा योजना दिँदा आवश्यकताको आधारमा मात्र योजना दिने विगतका वर्ष जस्तो गरेर योजना वितरण नहुने बताउनु भयो । कैलाली र कञ्चनपुर जिल्लामा जनसंख्या बढी भएका कारण बजेट बढी विनियोजन हुनु स्वभाविक हो , विगतका वर्षमा पहाडको एकै जिल्लामा २ अर्व बजेट गएको छ । उर्जा क्षेत्रमा लगानीको लागि संम्भावना अध्यन भई रहेको भन्दै प्रदेस सरकारले त्याता तर्फ समेत ठुलो लगानी गर्ने बताउनु भयो । मन्त्री देउवाले पत्रकार संग सुझाव माग्दै काम गदै जाँदा केहि कमजोरी भए त्यसलाई सुधारेर लैजाने समेत बताउनु भयो ।