कैलालीमा सशस्त्र प्रहरी जवान कार्यालय परिसरभित्र मृत फेला


लेखक : सुन्दराञ्चल      साउन २०, २०७८ मा प्रकाशित     
कैलालीमा सशस्त्र प्रहरी जवान कार्यालय परिसरभित्र मृत फेला

साउन,२० धनगढी । कैलालीमा एक सशस्त्र प्रहरी जवान कार्यालय परिसरमा मृत अवस्थामा फेला परेका छन् । सशस्त्र प्रहरी बल, नेपाल ३४ नम्बर गण हेडक्वाटर कैलालीमा कार्यरत सशस्त्र प्रहरी जवान डडेल्धुरा भागेश्वर गाउँपालिका–१ का ३१ वर्षीय हरिशकुमार शाही मृत अवस्थामा फेला परेका हुन् ।

शाही कार्यालय परिसरभित्र उत्तरतर्फको कम्पाउण्ड नजिक पानी जमेको स्थानमा घोप्टो अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

मृतक शाहीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक बिष्टले बताए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap