कैलालीमा श्रीमतीको हत्या गरेर परशुराम रोक्कामगर फरार


लेखक : सुन्दराञ्चल      माघ १०, २०७८ मा प्रकाशित     
कैलालीमा  श्रीमतीको हत्या गरेर परशुराम रोक्कामगर फरार

धनगढी माघ १०। कैलालीमा एक जना परशुराम रोक्कामगरले आप्ःनी श्रीमतीको हत्या गरेका छन् ।

जिल्लाको गोदावरी नगरपालिका–९ का परशुराम रोक्कामगरले आइतबार साँझ कुटपिट गरी श्रीमती भावनाको हत्या गरेका हुन् । श्रीमतीको हत्या गरेर रोक्कामगर फरार भएको र उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० प्रविन विष्टले घरायसी विवादमा रोक्कामगरले कुटपिट गर्दै श्रीमतीको हत्या गरेको पाइएको जानकारी दिए ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० नवराज पोखरेल नेतृत्वको टोली खटिएको छ ।

 

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app download
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap