कैलालीमा विद्यालय खोल्ने तयारी


लेखक : सुन्दराञ्चल      भदौ १७, २०७८ मा प्रकाशित     
कैलालीमा विद्यालय खोल्ने तयारी

धनगढी,१७ भदौ ।  कैलालीमा विद्यालय खोल्ने तयारी गरिएको छ । सरकारले प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको समन्वयमा विद्यालय खोल्न सकिने निर्णय गरेसँगै कैलालीमा स्थानीय तहका जनप्रतिनिधि सँग छलफल भइरहेको हो ।

बिहीबारका लागि बोलाइएको बैठकमा विद्यालय सञ्चालनका विषयमा छलफल हुने सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताए । ‘काठमाडौं शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय भएपछि कैलालीमा पनि जनप्रतिनिधिसँग छलफल गर्न बैठक बोलाइएको हो,’ उनले भने ।

स्थानीय तहका जनप्रतिनिधी र सरोकारवाला निकायले यस अघि नै शैक्षिक संस्था सुचारु गर्न प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउँदै आएका छन् । सम्भवत: विद्यालय सञ्चालनको निर्णय हुने उनले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap