कैलालीमा मास्क नलगाई हिड्नेलाई सय रुपैया जरिवाना


लेखक : सुन्दराञ्चल      भदौ १, २०७८ मा प्रकाशित     
कैलालीमा मास्क नलगाई हिड्नेलाई सय रुपैया जरिवाना

 धनगढी १भाद्र  । जिल्लामा मास्क नलगाउनेलाई अनिवार्य १ सय रुपैया जरिवाना गर्ने निर्णय समेत गरेको छ ।

सोमबार कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिले यस अघिकै नियमलाई यथावत राख्दै १० दिन सम्म निषेधाज्ञा थप्ने निर्णय गरेको छ ।

बैठकले मंगलबार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा मास्क लगाए नलगाएको हेर्न बजार अबलोकन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

कोरोना संक्रमण नियन्त्रणका लागि मास्क अनिवार्य गरिएको उनले बताए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap