कैलालीमा बाढीबाट बच्न स्थानीयवासीलाई पूर्वतयारीसम्बन्धी सिकाइँदै


लेखक : सुन्दराञ्चल      साउन २९, २०७८ मा प्रकाशित     
कैलालीमा बाढीबाट बच्न स्थानीयवासीलाई पूर्वतयारीसम्बन्धी सिकाइँदै

टीकापुर, २९ साउन । कैलाली जिल्ला बाढीको उच्च जोखिममा रहेको जिल्ला हो। जिल्लाको टीकापुर र भजनी नगरपालिकामा बर्सेनी बाढीबाट ठूलो धनजनको क्षति हुन्छ। बर्सातको समयमा नदीमा पानीको बहाव बढेपछि जोखिमबाट बच्न भजनीका प्रभावित क्षेत्रका स्थानीयवासीलाई पूर्वतयारी सम्बन्धी घटना अभ्यास गरी सिकाइएको छ।

नगरपालिका र प्रयास नेपाल कैलालीको आयोजनामा भजनी–३ को कर्मदेव घाटमा बाढी सचेतता सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले घटना अभ्यास गराउँदा नागरिक बाढीको समयमा उद्धार तथा प्राथमिक उपचारजस्ता कार्यमा सचेत बन्ने बताए। “बाढी आउँदा कसरी बच्न सकिन्छ भन्ने ज्ञान स्थानीयवासीले पाएका छन्”, बिनाडीले भने, “प्रभावित क्षेत्रका नागरिकलाई यसैगरी सचेत गराउन आवश्यक छ।”

बाढी पूर्वतयारी तथा बाढी आउँदा कसरी उद्धार गर्ने भन्ने विषयमा जानकारी दिने उद्देश्यले कृत्रिम घटना अभ्यास आयोजना गरिएको प्रयास नेपाल कैलालीका कार्यकारी निर्देशक लोकराज जोशीले बताए। “बाढीमा बगेकालाई कसरी उद्धार गर्ने, नदीबीचमा फसेकालाई कसरी उद्धार गर्ने तथा आगलागी हुँदा कसरी निभाउने, प्राथमिक उपचार कसरी गर्ने भन्ने विषयमा स्थानीयवासी खोज तथा उद्धार सहयोगी कार्यदलले कृत्रिम घटना अभ्यास गरेका छन्”, जोशीले भने, “यसले स्थानीयवासीले धेरै ज्ञान लिएका छन्, बाढी आएमा अब डराउने होइन, बाढीमा फसेकालाई उद्धार गर्नेतर्फ नागरिक सचेत हुनेछन्।”

प्रभावित क्षेत्रका नागरिकको क्षमता विकासका लागि विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण, कोष सञ्चालन कार्यविधि निर्माण, स्थानीय विपद् व्यवस्थापन समितिअन्तर्गत खोज तथा उद्धार कार्यदललाई तालिम सञ्चालन, खोज तथा उद्धार सामग्री सहयोग, डुङ्गा मर्मत, उच्च धारा तथा आकस्मिक शौचालय निर्माण एवं मर्मतका काममा भजनीको वडा नम्बर ३ र ८ मा विभिन्न कार्यक्रम भइरहेका छन्। नागरिकलाई बाढीबाट जोगाउन गरिएका यी सबै प्रयास सराहनीय रहेका नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाका सभापति रङ्गप्रसाद तिमिल्सेना बताउँछन्।

“नागरिकलाई जोखिमबाट बचाउन र उनीहरुको क्षमता विकास गर्न भएका प्रयास लाभदायक छन्”, तिमिल्सेनाले भने, “यति मात्रले हुँदैन, अब बाढीबाट बच्न दीर्घकालीन उपायको खोजी आवश्यक छ।” नगरपालिकासँग मिलेर त्यहाँ कार्यरत प्रयास नेपाल कैलालीले नगरपालिकाको वडा नम्बर ३ र ८ मा विपद्का बेला प्रभावित व्यक्ति र घरपरिवारलाई नगद राहत सहयोग हस्तान्तरणका लागि सर्वेक्षण फारम भरेर व्यक्तिगत तथा पारिवारिक विवरण, विपद् जोखिमतालगायतका तथ्याङ्कसमेत सङ्कलन गरिरहेको प्रयास नेपाल कैलाली कोभिड–१९ बाढी पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमका संयोजक मनिराम पाण्डेले जानकारी दिए।

गत वर्ष भजनीमा आएको बाढीमा बगेर तीन जनाले ज्यान गुमाएका थिए। बाढीका कारण हजारौँ परिवार प्रभावित भएका थिए भने सयौँ परिवार विस्थापित भएका थिए। गत वर्ष विस्थापित भएका केही परिवार अझै गाउँ फर्कन सकेका छैनन्।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap