कैलालीमा ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु


लेखक : सुन्दराञ्चल      अशोज १३, २०७८ मा प्रकाशित     
कैलालीमा ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु

कैलाली- ट्रयाक्टरबाट खसेर एक जनाको  मृत्यु भएको छ ।

गौरीगंगा नगरपालिका– ४, राजीपुरमा ट्रयाक्टरबाट खसेर १५ वर्षका आशिष चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गौरीगंगा सामुदायिक वनमा राजीपुरबाट बालुवागडातर्फ गइरहेको ट्रयाक्टरबाट खसेर चौधरी सख्त घाइते भएका थिए ।

घाइते चौधरीलाई उपचारका क्रममा धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

ट्रयाक्टरचालक राजीपुरका ४२ वर्षीय कर्णबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap