कैलालीमा आधा किलो सुनसहित तीन जना पक्राउ


लेखक : सुन्दराञ्चल      साउन २७, २०७८ मा प्रकाशित     
कैलालीमा आधा किलो सुनसहित तीन जना पक्राउ

कैलाली – कैलालीमा करिब आधा किलो सुनसहित तीन जना पक्राउ परेका छन्। शैलेश्वरी सुनचाँदी पसल अत्तरियाका सञ्चालक समीर सिजापति, सोही सुनचाँदी पसलमा कार्यरत सुनसरीका राजु बिक र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का भवानी घिमिरेलाई प्रहरीले ४४९.७७ ग्राम सुन सहित पक्राउ गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, अपराध अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त टोलीलेसुनसहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । उनीहरुको साथबाट ४९ हजार बढी नगद र ५ थान मोबाइल पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।

अत्तरियास्थित सडक खण्डमा काठमाडाँैबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना.८ख ८३४९ नम्बरको बसका कण्डक्टर घिमिरेको साथबाट ४९.९५ ग्राम अवैध सुनको बाला र नगद २६ हजार बरामद गरिएको उनले बताए । बसमै सवार राजु बिकको साथबाट सुनको बाला र सिक्री गरी जम्मा ३४९.८७ ग्राम अवैध सुन बरामद गरिएको उनले बताए । बिकको साथबाट नगद ६ हजार ९ सय बरामद गरिएको छ।

उनीहरूसँग सोधपुछ गर्ने क्रममा सुन अत्तरियाका व्यवसायी समीर सिजापतीको खुलेको प्रहरी प्रमुख अधिकारीले बताए । त्यसपछि प्रहरीले सिजापतीलाई पनि पक्राउ गरिएको हो। सिजापतीको खानतलासी गर्दा उनको साथबाट ४९.९५ ग्राम अवैध सुनको बाला र १६ हजार तीन सय नगद बरामद भएको प्रहरीले जनाएको छ। भवानी घिमिरे र समीर सिजापतीको साथमा कतार दोहाको बिल रहेको तर किन्ने व्यक्तिको विवरण फरक रहेको प्रहरीले जनाएको छ। थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, कोहलपुर पठाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap