कैलालीको धनगढीमा आजदेखी चार दिवसिय योग प्रज्ञा साधना कार्यक्रम हुने


लेखक : सुन्दराञ्चल      माघ ३, २०८१ मा प्रकाशित     
कैलालीको धनगढीमा  आजदेखी चार दिवसिय योग प्रज्ञा साधना कार्यक्रम हुने

३ माघ  ,कैलालीको धनगढीमा भोलीदेखी चार दिवसिय योग प्रज्ञा साधना कार्यक्रम हुने भएको छ । ओशो धारासंघ नेपाल र सुदुरपश्चिम प्रदेश मुख्य सचिवको आयोजनामा भोली माघ ३ गते देखी ६ गतेसम्म चार दिवसिय योग प्रज्ञा साधना कार्यक्रम हुने भएको आज पत्रकार सम्बेलन मार्फत जानकारी दिइएको हो । धनगढी उपमहानगर पालीका ४ उत्तर बेहडीस्थीत आफ्नो घर टेम्पल रिसोर्टमा दैनिक बिहान ७ बजे देखी बेलुका ७ बजेसम्म ६ गतेसम्म पहिलो लेवलको योग प्रज्ञा साधना तालिम दिइने भएको हो ।

तालिममा ओसो धारासंघ नेपालको संयोजक गुरुदेव ओसो अखण्ड,ओसो धारासंघ नेपालका संस्थापक उपाध्यक्ष सिनियर आचार्य श्री निर्दाराम नन्द, आचार्य पबित्र निलम निर्मला बागचन्द, आचार्य इन्दु प्रिया लगायतको टिम रहेको छ । आचार्य गुरुदेव ओसो अखण्डले धनगढीबासीहरुमा आध्यात्मको प्रचार सहित आध्यात्मको आवश्यकता महसुस गरेर कार्यक्रम गरीन लागिएको बताए । संयुत राष्ट्र संघ युएनले सबै मानिसले एकैचोटी ध्यान गर्नुपर्छ, ध्यान मनाउनुपर्छ भनेर यसै बर्ष देखी बिश्व ध्यान दिवस मनाउन घोषणा गरिएको बताए ।

ध्यान गर्नुपर्छ भन्ने कुरा बुढो भएपछि मात्र गर्छन् भन्ने कुरा र परम्परालाई हटाएर जानुपर्ने भन्दै सबैका लागी आवश्यक रहेको उनले बताए । आजको मानिसलाई मेडिसिनको उपचारबाट सम्भव नभएकाले योग र ध्यान तथा साधनाबाटै सम्भव हुने उनको भनाई छ ।

एक घरपरिवारमा तिन जनाको परिवार छ भने एउटा मान्छेलाई डिप्रेसन छ आज भोली उनले भने,डिप्रेसनले सुसाईटसम्म जानसक्ने सम्भवना बढेर गएकाले डक्टरहरुबाट यस्को उपचार सम्भव नभएकाले मेडिटेसन तथा ध्यानबाटै मात्रै उपचार सम्भव र आवश्यकता छ । यो भन्दा पहिला युरोप,बेलायत भएर अहिले नेपाल आएकोमा एक हप्ता अगाडी बुटबलमा रहेको बताए ।

चारदिन धनगढीमा रहने र यसपछि पोखरा, काठमाण्डौँ कार्यक्रम सकेर फेरी युरोप जाने कार्यक्रम भएको बताए । सारा मानिसको धन,सम्पत्ती,पद प्रतिष्ठा भएपनी मनमा शान्ती, आनन्द हुन नसकेकोले बिभिन्न रोगबाट ग्रसित हुनुपरिरहेको बताए । रोग मनमा भएपनी उपचार शरिरमा भएकाले कदापी मानिस निको हुन नसक्ने भएको छ । त्यसैले आज बिकसित मुलुकमा प्रत्येक ४० सेकेण्डमा डिप्रेसनका कारण एउटा मानिस सुसाईट गर्ने भएकाले यही उदेश्यका साथ नेपालका बिभिन्न स्थान र संसारै भरी योग प्रज्ञा र ध्यान कार्यक्रम गरिरहेको बताए । तालिममा सहभागीहरुले खाजा, खानाको ब्यवस्था आफैले मिलाउनुपर्ने र दैनिक १ हजार तालिम शूल्क रहने बताइएको छ ।

No description available.No description available.

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap