कैलालीको गौरीगंगामा वृद्ध मृत फेला


लेखक : सुन्दराञ्चल      भदौ ८, २०७८ मा प्रकाशित     
कैलालीको गौरीगंगामा वृद्ध मृत फेला

८ भदौ, धनगढी । कैलालीको गौरीगंगा नगरपालिकामा एक जना मृत फेला परेका छन् । गौरीगंगा नगरपालिका–२ धबैमा मंगलबार बिहान ७२ वर्षीय कर्णबहादुर खत्री मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्र गुरुले खत्री घर नजिकैको धानबारीमा मृत अवस्थामा फेला परेको जानकारी दिए । घटनालगत्तै इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी टोली खटिएको छ ।

उनको मृत्युको कारण भने खुलेको छैन । अहिले घटनास्थल सिल गरेर अनुसन्धानको काम भइरहेको प्रहरी निरीक्षक गुरुले बताए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap