कैलालीको गोदावरी नगरपालिका वडा नं ७ को कार्यालयमा तालाबन्दी


लेखक : सुन्दराञ्चल      अशोज १५, २०७८ मा प्रकाशित     
कैलालीको गोदावरी नगरपालिका वडा नं ७ को कार्यालयमा तालाबन्दी

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं ७ को कार्यालयमा तालाबन्दी गरिएको छ । आज स्थानिय माइलस्टोन युवा क्लबले जमुनानगरमा रहेको वडा नं ७ को वडा कार्यालयमा तालाबन्दी गरेको हो ।

वडामा रहेका युवाहरुका लागि खेलकुद क्षेत्रमा केही बजेट बिनियोजन गर्न पटक पटक माग गर्दा पनि सुनवाई नभएपछि बाध्य भएर वडा कार्यालयमा तालाबन्दी गर्नुपरेको क्लबले जनाएको छ ।

वडामा रहेको खेलकुद मैदानको उचित ब्यस्थापन र क्लवको भवन निर्माणका लागि बजेट विनियोजन गर्नुपर्ने क्लबको माग राखेको छ ।

विगत ४÷५ बर्ष देखि वडा नं ७ का युवाहरुकै लागि भनेर क्लवको खेल मैदान र भवन निर्माणका लागि बजेट विनियोजन गरिदिन माग गर्दा कुनै सुनवाई नभएपछि अन्तिममा आएर तालाबन्दी गर्न बाध्य भएको माइलस्टोन युवा क्लवका अध्यक्ष डिल्ली राज भट्टले बताए ।

उनले वडा अध्यक्षलाई यस बिषयमा पटक पटक आग्रह गर्दा पनि आबेगमा आएर म सक्दैन ब्यस्त छु भनेर कुरा टार्ने गरेको उनको भनाई रहेको छ । आफुहरुसंग ३ वटा खेल मैदान रहेको त्यसमध्ये एउटा खेलकुद मैदानलाई ब्यवस्थित रुपमा अगाडी बढाई त्यहाँ भौतिक संरचनाहरु निर्माणका लागि बजेटको माग गरेको क्लबका सदस्य दिनेश पाठकले बताए ।

खेलकुद मैदानको स्तारोउन्नती नहुदाँ तथा भौतिक संरचनाहरु नबन्दा राम्रा खेलकुदका कार्यक्रमहरु संचालन गर्न नसकिएको पाठकको भनाई रहेको छ । आज क्लबका पदाधिकारीहरु वडा कार्यालयमा पुगेर एक पत्र टाँस गर्दै ताला लगाएका हुन् ।

“यस क्लबद्धारा वडालाई दिएको हप्ता दिनको अल्टिमेटममा पनि वडा कार्यालयले हाम्रा मागहरु सम्बन्धि कुनै पनि सुनवाई नभएकाले माग पुरा नहुञ्जेल सम्म बाध्य भएर तालाबन्दी गर्नुपरेको छ । यदी हाम्रा मागहरु पुरा हुने स्थिती आएमा हामी सिघ्र ताला खोल्न तयार छौ अन्यथा यथास्थितीमा तालाबन्दी नखोल्ने ब्यहोरा जानकारी गराउन चाहान्छौ क्लबका अध्यक्ष डिल्लीराज भट्टद्धारा हस्ताक्षित पत्रमा लेखिएको छ ।”

यस बिषयमा वडा नं ७ का वडाअध्यक्ष हेम राज ओझासंग बुझ्दा युवाहरुको माग पुरा गर्न आफु सकारात्मक रहेको बताएका छन् ।

उनले एक्कासी जानकारी बिना तालाबन्दी गर्न नहुने बताए । उनले वडामा खेलकुदका गतिबिधिहरु संचालनका लागि बजेट छुट्याए समेत बताएका छन् । बजेट छुट्याएको थिए अब त्यो पनि हुदैन यति भन्दै वडा अध्यक्षले फोन काटे ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap