कैलारी गाउँपालिकाका वडाध्यक्षसहित दुई जना हतियारसहित पक्राउ


लेखक : सुन्दराञ्चल      साउन २६, २०७८ मा प्रकाशित     
कैलारी गाउँपालिकाका वडाध्यक्षसहित दुई जना हतियारसहित पक्राउ

धनगढी, २६ साउन । कैलाली जिल्लाको कैलारी गाउँपालिका-९ का वडाध्यक्ष खेमराज चौधरीसहित दुई जना हतियारसहित पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी गस्ती टोलीले गौरीगंगा नगरपालिका-९, शंकरपुरस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको अवस्थामा सोमवार राति पक्राउ गरेको हो ।

५३ वर्षीय वडाध्यक्ष चौधरीसँगै पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-२ का ४६ वर्षीय मोहितकुमार शाह रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार शाहले चलाइरहेको बा १७ च १३१२ नम्बरको जीपलाई चेकजाँच गर्ने क्रममा जीपभित्र लुकाई राखिएको अवस्थामा बाह्रबोर १, त्यसको कार्टिज १ र पोइन्ट टु-टु १ थान, त्यसको गोली १० राउण्डसमेत फेला पारी बरामद गरिएको हो ।

जीपमा धनगढी उपमहानगरपालिका-१ का ४६ वर्षीय रुपक मल्ल र कैलारी गाउँपालिका-९ बस्ने वर्ष ३३ का योगेन्द्रबहादुर देउवा पनि सवार रहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा १२ बोर र त्यसको कार्टिज वडाध्यक्ष चौधरीको र पोइन्ट टु-टु र त्यसको गोली शाहको रहेको खुल्न आएको बताइएको छ ।

चौधरी र शाह दुवैलाई पक्राउ गरी हातहतियार खरखजाना शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धानका भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि पनि वडाध्यक्ष चौधरी वन तथा वन्यजन्तुसम्बन्धी मुद्दामा मुछिएका थिए । वनसम्बन्धी मुद्दामा उनी महिनौं दिनसम्म फरार थिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap