‘के गरिबले गरिखान नपाउने ? हो त,


लेखक : सुन्दराञ्चल      असार २९, २०७९ मा प्रकाशित     
‘के गरिबले गरिखान नपाउने ? हो त,

असार २९ , ‘फुटपाथमा जथाभावी खानेकुरा बेच्न दिन हुँदैन’ भनियो भने निःसन्देह तपाईंको पारो तात्छ । अनि आक्रोशपूर्ण प्रश्न गर्नुहुनेछ, ‘के गरिबले गरिखान नपाउने रु’

एकतर्फी सोच्दा तपाईंको प्रश्न सही हो । घरभाडा तिर्नुपरेको छ, छोराछोरी पढाउनु परेको छ, पुख्र्यौली ऋण तिर्नुपरेको छ, आफ्नो औषधि(उपचार गर्नुपरेको छ । अनि बिहान(साँझ दुई छाकको जोहो गर्नुपरेको छ । यस्तो परिस्थितिमा सानोतिनो लगानी गरी होटल, रेस्टुरेन्ट वा ठेलामा व्यापार गर्नुपर्ने वाध्यता हुन्छ । हो, उनीहरुले ‘गरिखान’ पाउनुपर्छ ।

अब तपाईंले झैं एउटा प्रश्न गरौं, ‘के गरिबले ताजा र स्वस्थकर खाना खान नपाउने रु’

सडक किनारमा राखिएका चाउचाउ, चाउमिन, मःम, समोसा, चाट धनीमानीले खाँदैनन् । सानोतिनो होटल(रेस्टुरेन्टको भात, रोटी, मासु, अचार धनीमानीले खाँदैनन् । त्यहाँ त तपाईं(हामी सर्वसाधारण नै जाने हो । हामी निम्नवर्गीय नेपालीलाई ‘जे आउँछ मज्जाले पचाउँछ’ शैलीमा खानुपर्ने अवस्था छ ।

कोही दिनभर भारी बोकेर धुलो टक्टकाउँदै चाउमिन खाइरहेका छन्, कोही दिनभर रिक्सा ठेलेर पसिना चुहाउँदै दालभात खाइरहेका छन्, कोही दिनभरको दौडधूपपछि सुस्केरा हाल्दै चिया(डुनोट खाइरहेका छन् । के ती समोसा, चाउमिन, मःम, चाट, दालभात ताजा र पोषिलो होला रु हाम्रो जस्तो मुलुकको सन्दर्भमा यस्तो संशय गर्नु जरुरी छ ।

खानेकुरा कुनै कपडा जस्तो होइन, जो कमसल पनि बेच्न सकिन्छ । खानेकुराको गुणस्तरमा कुनै सम्झौता नै हुनसक्दैन । किनभने यो मान्छेको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको अति संवेदनशील र गम्भीर कुरा हो ।
खानेकुरामा झिंगा भन्किरहेको हुनसक्छ, साङ्ला ९कक्रोच० मरेको हुनसक्छ, मुसाले जुठो लगाइदिएको हुनसक्छ । अघिल्लो दिन बाँकी रहेको बासी खानेकुरा फेरि पकाइएको हुनसक्छ, उही तेलमा पटक(पटक समोसा पकाइएको हुनसक्छ, चाउमिन भुटिएको हुनसक्छ, फोहोर पानीमा एकसरो पखालेर साग पकाइएको हुनसक्छ । स्वादिलो बनाउने चक्करमा जथाभावी मसला र रंग मिसाइएको हुनसक्छ । इनारको पानीले भाँडावर्तन सफा गरिएको हुनसक्छ ।

यसको जाँच कसले गर्ने रु अनुगमन कसले गर्ने रु कारवाही कसले गर्ने रु

हामीजस्ता ‘मामुली’ मान्छेले खाने ठाउँमा खानेकुराको गुणस्तर जाँच गरिंदैन । त्यो खानेकुरा खानयोग्य भए नभएको निगरानी गरिंदैन । खान अयोग्य भए त्यसमाथि कारबाही गरिंदैन । त्यसैले हामी जस्तोसुकै खानेकुरा खान बाध्य छौं । हो, यो हाम्रो बाध्यता हो । जबकि स्वस्थ र ताजा खानेकुरा खान पाउनु हरेक नागरिकको अधिकार हो ।

खानेकुरा कुनै कपडा जस्तो होइन, जो कमसल पनि बेच्न सकिन्छ । खानेकुराको गुणस्तरमा कुनै सम्झौता नै हुनसक्दैन । किनभने यो मान्छेको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको अति संवेदनशील र गम्भीर कुरा हो ।

जब कसैले कमसल खानेकुरा खुलेआम बिक्री गर्छ भने त्यसले ग्राहकको स्वास्थ्यमाथि खेलबाड गरिरहेको ठहर्छ । कसैको स्वास्थ्यमाथि खेलबाड गर्न कसैलाई छुट नहोला ।

किनभने कमसल खानु ठ्याक्कै त्यस्तै हो, जस्तो कि स्लो पोइजन खानु । खराब खानाले हामीलाई क्रमशः रोगी र जीर्ण बनाउँदै लान्छ । शरीर कमजोर हुन्छ । थला पर्छ । यस्ता खानपानबाट कति बिरामी भइरहेका होलान्, कतिलाई गम्भीर रोगले गाँजिरहेको होला, कतिलाई मृत्युको मुखमा पुर्‍याइरहेका होलान् रु यसको कुनै लेखाजोखा छैन ।

रोगी त दिनप्रतिदिन बढिरहेकै छन् । त्यसमा पनि अधिकांश नेपाली पेटसम्बन्धी रोगले ग्रसित छन् भनिन्छ । पाचन प्रणालीसँग जोडिएका रोगहरुले नै नेपालीलाई अस्पताल पुर्‍याइरहेको छ ।

यादवप्रसाद पाण्डे
ग्यास्ट्रिक, अपच, युरिक एसिड, उच्च रक्तचाप, मधुमेह मात्र होइन क्यान्सर, माइग्रेन, स्नायुरोग, लिभर सिरोसिस, हृदयरोग । चिकित्सकहरु भनिरहेका छन्, यी सबै रोगको एउटै जड खराब खानपान हो ।

यसको स्पष्ट अर्थ हो, कमसल वा गुणस्तरहीन खानेकुरा खानु भनेको शरीरलाई रोगको भण्डार बनाउनु हो । त्यसो हो भने हामी दिनदिनै आफ्नो शरीरलाई रोगी बनाउँदैछौं । हामीसँग रहर र बाध्यता दुवै छ, घरबाहिरको खानेकुरा खान ।

कामधन्दाले गर्दा आफ्नै हातले पकाएको खान फुर्सद हुँदैन । खाजा(नास्ता घरबाटै बोकेर हिंड्ने चलन पनि छैन । त्यसैले बेफुर्सदमा हामी होटल, रेस्टुरेन्टको परिकारले भोक मेट्छौं । कहिलेकाहीं जिब्रोको स्वाद फेर्न पनि होटल, रेस्टुरेन्ट पुग्छौं । तर हामीले खाने होटल, रेस्टुरेन्ट चाहे त्यो फुटपाथको ठेला होस् यी सबैको खानेकुराको शुद्धतामा न ढुक्क हुने स्थिति छ न गुणस्तरमा नै ।

धनीमानीहरु स्तरीय रेस्टुरेन्ट पस्छन्, तारे होटल छिर्छन् । उनीहरु स्वस्थ, ताजा खानेकुरा खान्छन् । तर हाम्रो पहुँच त्यहाँसम्म पुग्दैन । हामी त दिनमा दुई(तीन सय रुपैयाँभन्दा बढी खर्च गर्न सक्दैनौं । त्यसैले हामी चोकगल्लीका होटल, रेस्टुरेन्ट नै जानुपर्छ वा सडक किनाराका पसल नै चहार्नुपर्छ । विडम्बना चाहिं के भने यी होटल, रेस्टुरेन्ट, ठेलामा खानेकुराको गुणस्तर मापन हुँदैन ।

त्यहाँको चाउमिन अलि गन्हाएको हुनसक्छ, मःमभित्र रौं भेटिनसक्छ, दालमा झिंगा भेटिनसक्छ । तर ग्राहकले त्यस विरुद्ध बोल्दैनन् । कहाँ गएर बोल्ने रु के भनेर बोल्ने रु बोलेर के हुन्छ रु

त्यसो भए अब के गर्ने त रु

यसको लागि दीर्घकालीन र वैज्ञानिक व्यवस्था अपनाउन सकिन्छ । त्यो भनेको यी सम्पूर्ण होटल, रेस्टुरेन्टको गुणस्तरमा न्यूनतम मापदण्ड बनाउने । गुणस्तर र सेवा अनुरुप त्यसको वर्गीकरण गर्ने । के यसो गर्न सम्भव छ त रु

सम्भव छ । र, यसलाई सम्भव तुल्याउनैपर्छ । किनभने यो सर्वसाधारणको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो ।

हामी देख्छौं, फुटपाथमा खुलमखुला खानेकुरा राखिएको हुन्छ । काठमाडौं जस्तो प्रदूषित सहरमा यसरी खानेकुरा खुलमखुला राखेर बेच्नु कति सही हो रु यस्ता खानेकुरा खानेको स्वास्थ्यमा कति ठूलो हानी हुन्छ होला रु
गुणस्तरको मापदण्ड

एउटा अलग्गै बोर्डको जरुरी हुन्छ । यसमा खाद्य गुणस्तर विज्ञ, आहारविद् अनि हस्पिटालिटी व्यवस्थापनका विज्ञहरुलाई सम्मिलित गर्नुपर्ने हुन्छ । उनीहरुले होटल(रेस्टुरेन्टको आधारभूत गुणस्तरको खाका तयार गर्नेछन् ।

जस्तो कि, कुनै पनि होटल, रेस्टुरेन्ट, ठेला वा सडकमा राखिएको खानेकुरा यति ताजा हुनैपर्छ । त्यहाँ सरसफाइको व्यवस्था यसरी गरेकै हुनुपर्छ । भान्सा र भाँडा माझ्ने ठाउँको दूरी यति हुनैपर्छ । त्यहाँ भान्सेले यस्तो पहिरन, पञ्जा आदि लगाएको हुनैपर्छ ।

यी कुरालाई कडाइका साथ पालना गर्न लगाउनुपर्छ । र, उनीहरुले कायम राख्ने गुणस्तर अनि दिनसक्ने सेवाको आधारमा त्यसको वर्गीकरण गर्न सकिन्छ ।

चार भागमा वर्गीकरण

पाँचतारे होटल, बुटिक होटल आदिको वर्गीकरण गरिए झैं यी साना रेस्टुरेन्ट, होटलहरुलाई चार भागमा वर्गीकरण गर्न सकिन्छ । मानौं, ए प्लस, ए, बी, सी । कुन वर्गको होटल(रेस्टुरेन्ट हो, त्यसको संकेत स्पष्टसँग देखाउनुपर्छ । उपभोक्तालाई थाहा हुन्छ कि म कुन स्तरको होटल वा रेस्टुरेन्टमा खाँदैछु ।

नियमित अनुगमन

एक पटक गुणस्तर जाँच गरेर पुग्दैन । होटल, रेस्टुरेन्टको भान्सा कस्तो छ रु कस्तो खानेकुरा पाकिरहेको छ रु कसरी पाकिरहेको छ रु कसले पकाइरहेका छन् रु के कस्ता चिजबिज प्रयोग गरिरहेका छन् रु यसको नियमित अनुगमन हुनैपर्छ ।

कसैले उजुरी गरेको भरमा वा हाकिमलाई झोंक चलेको अवस्थामा मात्र अनुगमन गर्ने काइते परिपाटी हुनुहुँदैन । होटल, रेस्टुरन्टको खानेकुराको जाँच नियमित हुनुपर्छ ।

दण्ड जरिवानाको व्यवस्था

यदि कसैले कमसल खानेकुरा बेच्छ भने त्यो उसको अपराध हो । यस्ता अपराधलाई छुट दिनु हुँदैन । अतः कुनै ग्राहकले खानेकुराको गुणस्तरमाथि प्रश्न उठाउँछ भने उनीहरुले कहाँ गएर उजुरी गर्ने, कसरी गर्ने भन्ने कुरा सहज बनाउनुपर्छ ।

यदि गुणस्तरहीन, बासी, सडेगलेको, अखाद्य वस्तु मिसाइएको खानेकुरा बिक्री गरेको वा मापदण्ड विपरीत खानेकुरा बनाइएको पाइएमा दण्ड, जरिवानाको व्यवस्था गर्नैपर्छ । किनभने यो चानचुने अपराध होइन ।

फुटपाथको व्यवस्थापन

फुटपाथ वा ठेलाको खानेकुरा हटाउनुपर्छ भनिरहँदा विरोधको स्वर चर्को भएको छ । उनीहरुलाई गरिखान दिनैपर्छ । तर उनीहरुले कमसल खानेकुरा बेच्न पाउनुहुन्न । कसैप्रति करुणा दर्शाएर नराम्रो कुरामा पनि छुट दिंदै जाने हो भने यसले खराब थिति बसाउँछ । त्यसैले स्वास्थ्यको कुरामा कुनै सम्झौता गर्नैहुन्न ।

चाहे सडक किनारमा मकै पोल्ने होस् वा ठेलामा चटपटे बेच्ने । सबैले स्वास्थ्य मापदण्ड पालना गर्नैपर्छ । खानेकुरा ताजा, सफा बेच्नका लागि अतिरिक्त खर्च लाग्ने होइन । फोहोर, वासी, अस्वस्थ्यकर खानेकुरा बेच्नु भनेको लापरवाही हो । अर्काको स्वास्थ्यमाथि लापरवाही गर्नु दण्डनीय कृत्य हो ।

हामी देख्छौं, फुटपाथमा खुलमखुला खानेकुरा राखिएको हुन्छ । काठमाडौं जस्तो प्रदूषित सहरमा यसरी खानेकुरा खुलमखुला राखेर बेच्नु कति सही हो रु यस्ता खानेकुरा खानेको स्वास्थ्यमा कति ठूलो हानी हुन्छ होला रु

फुटपाथमा खानेकुरा बेच्न हुँदैन भन्ने होइन । तर यसलाई व्यवस्थापन गर्नु जरुरी छ । जस्तो कि सहरमा स्ट्रिट फुडको लागि निश्चित ठाउँको व्यवस्था गर्नुपर्छ । एकै ठाउँमा थरीथरीका खानेकुरा पाउने त भइयो नै त्यसलाई स्वास्थ मापदण्ड पनि पालना गराउन सकिन्छ ।अनलाइनखबर 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap