के ओखर मस्तिष्कका लागि उपयोगी हुन्छ ?


लेखक : सुन्दराञ्चल      साउन २१, २०७८ मा प्रकाशित     
के ओखर मस्तिष्कका लागि उपयोगी हुन्छ ?

एउटा सामान्य बुझाई छ, प्रकृतिले जुन रुपरेखाको फल दिएका छन् त्यो हाम्रो शरीरका अंगको स्वरुपसँग मिल्दोजुल्दो हुन्छ । अतः हाम्रो अंगसँग जुन फलको रुपरेखा मिल्छ, त्यसको सेवनले सोही अंगलाई फाइदा गर्छ ।
जस्तो स्याउको समग्र आकार करिब मुटुसँग मिल्छ । यसको सेवन मुटुको लागि फाइदा हुने बताइन्छ । राजमाको रुपरंग मिर्गौलासँग मिल्छ । यसको सेवनले मिर्गौलालाई स्वस्थ राख्न सहयोग हुने बताइन्छ । यस्तै ओखरको भित्री तह पनि हाम्रो मस्तिष्कको स्वरुपमा हुन्छ । त्यसो भए के यो फल मस्तिष्कको लागि उपयोगी छ त ?

ओखरलाई ‘ब्रेन फुड’ भनिन्छ, जसले मस्तिष्कलाई स्वस्थ्य राख्न सघाउँछ । ओखरमा केहि शक्तिशाली न्युरो प्रोटेक्टिभ कम्पाउन्ड पाइन्छ, जस्तो कि, भिटामिन इ, ओमेगा थ्रि फ्याटी एसिड, फोलेट, एन्टिअक्सिडेन्ट । यसले मस्तिष्कलाई सुरक्षा प्रदान गर्छ । साथै यसले रक्तप्रवाहलाई नियमित गराउन समेत सहयोग गर्छ । यसमा अधिक मात्रामा पोषक तत्व पाइन्छ । त्यसो त ओखरको तेल छाला र केसलाई मुलायम एवं चम्किलो बनाउन पनि प्रयोग गरिन्छ ।
ओखरमा सोडियम कम र कालोस्टर पनि पटक्कै हुँदैन । यसमा भरपुर मात्रामा ओमेगा ३ फ्याटी एसिड हुन्छ । यसमा भिटामिन ए, बि–६, बि–१२, सि, डि, इ र के पाइन्छ । यो प्रोटिनको पनि राम्रो स्रोत हो । यसका साथै क्याल्सियम, मिनरल्स, म्यानेसियम, आइरन, फस्फोरस, जिंक, कपर प्रचुर मात्रामा पाइन्छ । यो एन्टिअक्सिडेन्टको राम्रो स्रोत हो ।

प्रोटिन– यसले मांशपेशी बढाउन सहयोग गर्छ । एक सय ग्राम ओखरमा १५ ग्राम प्रोटिन हुन्छ ।

भिटामिन डि यसले क्याल्सियम ग्रहण गर्न सहयोग गर्छ । हड्डीका लागि क्याल्सियम एकदमै जरुरी हुन्छ ।

फोलेट वा फालिक एसिड यसले मस्तिष्कलाई स्वस्थ्य राख्छ ।

ओमेगा ३ फ्याटी एसिड मुटुलाई स्वस्थ्य राख्नका लागि सहयोगी हुन्छ ।

बिहान र मध्यन्ह दुई वटा ओखर चपाएर खानुपर्छ, जसले कोलोस्ट्रोर नियन्त्रण गर्छ । हृदय रोग लाग्नबाट बचाउँछ ।

ओखर खाँदा पेट लामो समयसम्म भरिन्छ । यसले गर्दा छिटै भोक लाग्ने हुँदैन, फलत ओभर इटिङबाट बचाउँछ । तौल नियन्त्रणका लागि पनि ओखर सहि हुन्छ ।

नियमित रुपले दुई वटा ओखर महसँग मिसाएर सेवन गर्नाले मस्तिष्क स्वस्थ्य हुन्छ । साथै स्मृति क्षमता पनि बढ्छ । स्ट्रोकको भयबाट बचाउँछ ।

दुई वटा ओखर, एउटा बदाम बिहान–बेलुकी मनतातो दुधसँग सेवन गर्दा कमजोरी हट्छ ।

महिनावरीको समस्यामा ओखर र मह मिसाएर मनतातो दुधसँग पिउनुपर्छ, ठीक हुन्छ ।

रुँघा खोकीको उपचारमा समेत ओखर उपयोगी हुन्छ । ओखरलाई हल्का भुटेर महसँग सेवन गर्नुपर्छ, खोकी ठिक हुन्छ ।

ओखरको बोक्रा पिसेर त्यसले दाँत सफा गर्नुपर्छ, दाँत स्वस्थ्य र चम्किलो हुन्छ ।

तातो दुधसँग ओखर सेवन गर्दा पेटको जुका मर्छ ।

मनतातो पानीसँग ओखर सेवन गर्दा जोर्नीको दुखाई समेत ठीक हुन्छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap