काठमाण्डौ जेठ १७,– देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । दिउँसो कोशी प्रदेशको थोरै ठाउँहरु र बाँकी पहाडी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले नेपालको मौसममा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्ग्लादेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।