केपी सरकारले बढाएको सामाजिक सुरक्षा भत्ता देउवा सरकारले लागू गर्ने


लेखक : सुन्दराञ्चल      भदौ १८, २०७८ मा प्रकाशित     
केपी सरकारले बढाएको सामाजिक सुरक्षा भत्ता देउवा सरकारले लागू गर्ने

काठमाण्डौ  १८ भाद्र । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले बढाएको सामाजिक सुरक्षा भत्ता वर्तमान सरकार पनि दिने भएको छ ।

गत आर्थिक वर्षको बजेटमार्फत वृद्धि गरेको सामाजिक सुरक्षा भत्ता वर्तमान शेर बहादु् देउवा नेतृत्वको सरकारले कार्यान्वयनमा ल्याउने भएको हो ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा सबै प्रकारको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाउने निर्णय गरेकाले त्यसलाई सरकार परिवर्तन भए पनि कार्यान्वयन गर्ने निर्णय मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले गरेको हो ।

सरकार परिवर्तनपछि अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेटमा केही संशोधनका लागि प्रतिस्थापन विधेयकको तयारी गरेका छन् । त्यसमा सामाजिक सुरक्षा भत्ताको विषय भने यथावत् रहने निश्चित भएको छ ।

बजेटले वृद्धि गरेको भत्ता साउन देखि नै लागू हुनेछ । प्रत्येक चार महीनामा भत्ता वितरण गरिने भएकाले अब कात्तिकमा लाभग्राहीले बढेको भत्ता एकमुष्ट पाउनेछन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap