केजि अस्पतालमा ४ महिने शिशुको मृत्यु, अस्पतालले लापरवाही गरेको भन्दै आफन्त आन्दोलित


लेखक : सुन्दराञ्चल      अशोज १५, २०७८ मा प्रकाशित     
केजि अस्पतालमा ४ महिने शिशुको मृत्यु, अस्पतालले लापरवाही गरेको भन्दै आफन्त आन्दोलित

धनगढी, १५ असाेज। केजि अस्पतालमा ४ महिने शिशुको मृत्यु भएपछि तनाब सृजना भएको छ । धनगढीमा रहेको केजि अस्पतालमा उपचारको क्रममा ४ महिने शिशुको मृत्यु भएपछि स्थानीय आन्दोलित बनेका छन् । डोटिको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ का विष्णु वि.क र मातादेवी वि.कको ४ महिने शिशुको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो । मृत्युप्रश्चात मृतक शिशुका आफन्तले चिकित्सकको लापरवाहीका कारण बच्चाको ज्यान भएको आरोप लगाएका छन् ।
उपचार नहुने बिरामी हामी रेफर गरिहाल्छौँ भन्दै ६ दिनसम्म उपचार गरे, मृतक शिशुका अंकल शंकर विकले भने, खुट्टाबाट औषधी चढाउछौँ भने अनुमति बिनै टाउकोमा घाउ बनाएको छ । उनले थपे, उपचार सम्भव नभए अन्यत्रै लैजान्छौँ भन्दा डाक्टरले बाहिर गर्ने उपचार पनि उहि हो यहाँ गर्ने उपचार पनि त्यहि हो भनेर आलटाल गरे । त्यस्तै उपचारमा संलग्न चिकित्सकले चरम लापरवाही गरेको मृतक शिशुका आफन्त मुन्ना विकले बताए ।
डोटीमा रहेको महाकाली मेडिकलले अक्सिजनको कमी भएको भन्दै धनगढी रेफर गरेको शिशुको यहाँ आएपछि मृत्यु भयो, उनले भने, आफन्तलाई झुठो आश्वासन दिएर यो अवस्था आयो । त्यस्तै आफन्तले अस्पतालमा भएको लापरवाहीप्रति छानबिन गरि दोषिलाई कारबाहीको माग गरेका छन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap