केजि अस्पतालमा ४ महिने शिशुको मृत्यु, अस्पतालले लापरवाही गरेको भन्दै आफन्त आन्दोलित


लेखक : सुन्दराञ्चल      अशोज १५, २०७८ मा प्रकाशित     
केजि अस्पतालमा ४ महिने शिशुको मृत्यु, अस्पतालले लापरवाही गरेको भन्दै आफन्त आन्दोलित

धनगढी, १५ असाेज। केजि अस्पतालमा ४ महिने शिशुको मृत्यु भएपछि तनाब सृजना भएको छ । धनगढीमा रहेको केजि अस्पतालमा उपचारको क्रममा ४ महिने शिशुको मृत्यु भएपछि स्थानीय आन्दोलित बनेका छन् । डोटिको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ का विष्णु वि.क र मातादेवी वि.कको ४ महिने शिशुको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो । मृत्युप्रश्चात मृतक शिशुका आफन्तले चिकित्सकको लापरवाहीका कारण बच्चाको ज्यान भएको आरोप लगाएका छन् ।
उपचार नहुने बिरामी हामी रेफर गरिहाल्छौँ भन्दै ६ दिनसम्म उपचार गरे, मृतक शिशुका अंकल शंकर विकले भने, खुट्टाबाट औषधी चढाउछौँ भने अनुमति बिनै टाउकोमा घाउ बनाएको छ । उनले थपे, उपचार सम्भव नभए अन्यत्रै लैजान्छौँ भन्दा डाक्टरले बाहिर गर्ने उपचार पनि उहि हो यहाँ गर्ने उपचार पनि त्यहि हो भनेर आलटाल गरे । त्यस्तै उपचारमा संलग्न चिकित्सकले चरम लापरवाही गरेको मृतक शिशुका आफन्त मुन्ना विकले बताए ।
डोटीमा रहेको महाकाली मेडिकलले अक्सिजनको कमी भएको भन्दै धनगढी रेफर गरेको शिशुको यहाँ आएपछि मृत्यु भयो, उनले भने, आफन्तलाई झुठो आश्वासन दिएर यो अवस्था आयो । त्यस्तै आफन्तले अस्पतालमा भएको लापरवाहीप्रति छानबिन गरि दोषिलाई कारबाहीको माग गरेका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap