कृष्णपुर नगरपालिकामा किशोरी स्वास्थ्य सम्बन्धि प्रधानाप्राध्यापक, शिक्षकसङ्ग अन्तरक्रिया कार्यक्रम


लेखक : सुन्दराञ्चल      अशोज १२, २०७८ मा प्रकाशित     
कृष्णपुर नगरपालिकामा किशोरी स्वास्थ्य सम्बन्धि प्रधानाप्राध्यापक, शिक्षकसङ्ग अन्तरक्रिया कार्यक्रम

कञ्चनपुर १२ असाेज । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको आयोजनामा किशोरी स्वास्थ्यको विद्यालयका प्रधानाप्राध्यापक, शिक्षकको भुमिका तथा नि:शुल्क भेन्डिङ्ग मेसिन बितरण कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार कृष्णपुर नगरपालिका र मेडीटेक इन्टरनेशनलको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

महिलाको पाठेघर समस्या न्यूनीकरणका पहिलो चरण विद्यालयस्तरमा सचेतनामुलक कार्यक्रम नगरपालिकाको सहकार्यमा किशोरी स्वास्थ्य बारे प्रधानाप्राध्यापक, शिक्षकसङ्ग अन्तरक्रिया कार्यक्रम गरिएको मेडीटेक इन्टरनेशनलका कार्यक्रम संयोजक बिश्वराज पंगेनी बताए । मेसिन कसरी प्रयोगमा ल्याउने भन्ने बारेमा विद्यालय गएर जानकारी गराइने बताए । सो कार्यक्रम कैलाली कंचनपुरमा स्थानीय तहसङ्ग सहकार्य गरेर किशोरी स्वास्थ्यको विद्यालयका प्रधानाप्राध्यापक, शिक्षकको भुमिका तथा नि:शुल्क भेन्डिङ्ग मेसिन बितरण कार्यक्रम गर्न लागेको पंगेनी बताए ।

किशोरी स्वास्थ्य सम्बन्धि पहिलो चरणमा १० बर्ष र दोस्रो चरण १५ गरि २५ बर्ष किशोरी तथा महिलाको स्वास्थ्य शिक्षा सम्बन्धि कार्यक्रम रहेको मेडीटेक इन्टरनेशनलका निर्देशक बिनोद पाण्डेयले बताए ।

उक्त कार्यक्रममा कृष्णपुर नगरपालिका भित्रका प्रधानाप्राध्यापक, शिक्षक तथा शिक्षिका सहभागी भएका थिए । कार्यक्रममा विद्यालयलाई सेनिटरी प्याड भेन्डिङ्ग मेसिन बितरण गरिएको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap