कृष्णपुर नगरपालिकामा किशोरी स्वास्थ्य सम्बन्धि प्रधानाप्राध्यापक, शिक्षकसङ्ग अन्तरक्रिया कार्यक्रम


लेखक : सुन्दराञ्चल      अशोज १२, २०७८ मा प्रकाशित     
कृष्णपुर नगरपालिकामा किशोरी स्वास्थ्य सम्बन्धि प्रधानाप्राध्यापक, शिक्षकसङ्ग अन्तरक्रिया कार्यक्रम

कञ्चनपुर १२ असाेज । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको आयोजनामा किशोरी स्वास्थ्यको विद्यालयका प्रधानाप्राध्यापक, शिक्षकको भुमिका तथा नि:शुल्क भेन्डिङ्ग मेसिन बितरण कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार कृष्णपुर नगरपालिका र मेडीटेक इन्टरनेशनलको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

महिलाको पाठेघर समस्या न्यूनीकरणका पहिलो चरण विद्यालयस्तरमा सचेतनामुलक कार्यक्रम नगरपालिकाको सहकार्यमा किशोरी स्वास्थ्य बारे प्रधानाप्राध्यापक, शिक्षकसङ्ग अन्तरक्रिया कार्यक्रम गरिएको मेडीटेक इन्टरनेशनलका कार्यक्रम संयोजक बिश्वराज पंगेनी बताए । मेसिन कसरी प्रयोगमा ल्याउने भन्ने बारेमा विद्यालय गएर जानकारी गराइने बताए । सो कार्यक्रम कैलाली कंचनपुरमा स्थानीय तहसङ्ग सहकार्य गरेर किशोरी स्वास्थ्यको विद्यालयका प्रधानाप्राध्यापक, शिक्षकको भुमिका तथा नि:शुल्क भेन्डिङ्ग मेसिन बितरण कार्यक्रम गर्न लागेको पंगेनी बताए ।

किशोरी स्वास्थ्य सम्बन्धि पहिलो चरणमा १० बर्ष र दोस्रो चरण १५ गरि २५ बर्ष किशोरी तथा महिलाको स्वास्थ्य शिक्षा सम्बन्धि कार्यक्रम रहेको मेडीटेक इन्टरनेशनलका निर्देशक बिनोद पाण्डेयले बताए ।

उक्त कार्यक्रममा कृष्णपुर नगरपालिका भित्रका प्रधानाप्राध्यापक, शिक्षक तथा शिक्षिका सहभागी भएका थिए । कार्यक्रममा विद्यालयलाई सेनिटरी प्याड भेन्डिङ्ग मेसिन बितरण गरिएको थियो ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap