कुलमानले भने– विद्युतीय सवारीसाधन र चुलो प्रयोगका लागि जनचेतना प्राथमिकतामा


लेखक : सुन्दराञ्चल      भदौ १, २०७८ मा प्रकाशित     
कुलमानले भने– विद्युतीय सवारीसाधन र चुलो प्रयोगका लागि जनचेतना प्राथमिकतामा

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधन र विद्युतीय चुलो प्रयोगका लागि जनचेतना जगाउने विषयलाई प्राथमिकतामा राख्ने बताएका छन्।

प्राधिकरणको ३६औं वर्षिकोत्सवको अवसरमा सोमबार वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै घिसिङले विद्युतीय सवारी साधन र विद्युतीय चुलोको प्रयोगबारे जनचेतना जगाउनुपर्ने बताएका हुन्। उनले स्वदेशमै विद्युत् खपत वृद्धि गर्न सकेमा उत्पादित विद्युतको उपयोगका साथै देशको आर्थिक तथा सामाजिक विकासमासमेत सकारात्मक प्रभाव पार्ने बताए। त्यसका लागि विद्युत खपत वृद्धिको पूर्वाधार निर्माण, ग्रामिण विद्युतीकरणलाई  प्राथमिकता दिइने घिसिङको भनाइ थियो। ‘विद्युत खपत वृद्धिको पूर्वाधार निर्माण, ग्रामिण विद्युतीकरण, कृषि, सिँचाइ र औद्योगिक वर्गका ग्राहकको महशुलमा पुनरावलोकनका कार्यहरु प्रभावकारी रुपमा सञ्चालन हुनेछन्,’ घिसिङले भने। विद्युत माग र खपत वृद्घिसँगै वितरण प्रणालीको समेत विस्तार तथा सुदृढीकरण गर्नुपर्ने भएकोले सो कार्यलाई समेत प्राथमिकताका साथ अघि बढाइने घिसिङको भनाइ थियो।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap