किन आजकाल छोराछोरीहरु एकान्तमा बसिरहेका छन् ?


लेखक : सुन्दराञ्चल      असार ८, २०८० मा प्रकाशित     
किन आजकाल छोराछोरीहरु एकान्तमा बसिरहेका छन् ?

असार ८, एक अभिभावक भन्ने गर्छन्, ‘मेरा छोराछोरी खुलेर रमाउँदैनन् । घरमा पाहुना आयो भने पनि बोल्दैन । साथीभाईसँग खेल्न जाँदैन । कोठामा एक्लै बसिरहन्छ ।’

यो उनको मात्र होइन, धेरै अभिभावकको साझा गुनासो हो । उनीहरु भनिरहेका हुन्छन्, ‘मेरा छोराछोरी परिवारमा घुलमिल हुँदैनन् । एकान्तमा वस्न रुचाउँछन् ।’

विगतमा यस्तो थिएन । छोराछोरीहरु आ-आफ्ना जिम्मेवारीको काम गर्थे । परिवारसँग रमाउँथे । घरमा पाहुनापात आउँदा फुरुंग हुन्थे । बिहे, भोजमा उमंगसाथ सरिक हुन्थे । चाडपर्वमा उत्साहित हुन्थे । तर, अहिले धेरैका छोराछोरी यसरी उमंगसाथ हाँसेको, खेलेको, रमाएको देखिदैन ।

उनीहरु एक्लो र उदास छन् । परिवार, साथीभाईसँग अलग भएर आफ्नै संसारमा हराइरहेका छन् । आखिर उनीहरुको संसार कहाँ छ ?

उनीहरु भर्चुअल संसारमा हराइरहेका छन् । सहजै उपलब्ध मोवाइल, ल्यापटप जस्ता उपकरण र इन्टरनेटको पहुँचले उनीहरुलाई अलग संसारमा पु¥याएको छ । मोवाइलमा गेम खेल्ने, भिडियो हेर्ने, सामाजिक सञ्जालमा मग्न हुँदा हुँदै थाहै नपाई उनीहरु यसको तलमा परिसकेका छन् ।

भर्चुअल संसारमा देखिने कुराहरुले उनीहरुको अपेक्षा बढाइदिएको छ । भिडियोमा आफुले हेरेजस्तै, देखेजस्तै सुविधा, वस्तु प्राप्त र उपभोग गर्न चाहन्छन् । वास्तविक जीवनमा त्यस्तो कुरा नपाउँदा उनीहरु दुःखी भएका छन् । किनभने भर्चुअल संसार र उनीहरुले बाँच्ने धरातल धेरै फरक छ । तर, उनीहरु यसरी एकोहोरिएका छन् कि आफ्नो वास्तविक धरातल के हो भनेर भेउ नै पाइरहेका छैनन् ।

आफ्ना किशोर छोराछोरीको यस्तो मनोदशा आमाबुवाले पनि बुझ्न सकेका छैनन् । किन छोराछोरी खुसी छैनन्, किन छोराछोरी आफुसँग बोल्न रुचाउँदैनन्, किन एक्लै बस्न चाहन्छन् भन्ने समस्याको जरा पनि पहिल्याउन सकेका छैनन् आमाबुवाले । त्यसैले अहिले छोराछोरी र आमाबुवावीचको दूरी बढ्दो छ । उनीहरुवीच संवाद भएको छैन । दुबैको आपसमा हार्दिक मेलमिलाप छैन ।

एकातिर आफुले चाहे जस्तो नपाउनु र अर्कोतिर आफ्नो मनोभावलाई आमाबुवाले पनि सही रुपमा नबुझ्नुको परिणाम किशोर छोराछोरीहरु डिप्रेसन, एन्जाइटीले ग्रस्त हुँदैछन् । उनीहरुलाई आफु बाँच्नुको अर्थ नै नभएको महसुष हुन थालेको छ । जसले गर्दा यी किशोर छोराछोरीहरु आत्महत्याको निर्णयमा पुग्ने गरेको पाइन्छ ।

विभिन्न अध्ययनले भन्छ, १० देखि २४ बर्ष उमेर समूहका छोराछोरीमा आत्महत्या मृत्युको दोस्रो प्रमूख कारण हो । किशोरावस्था चन्चल र धेरैजसो लहडमा लाग्ने खालको हुन्छ । यतिबेला उनीहरु अपरिपक्क निर्णय लिन्छन् र सजिलै अनेक फन्दामा पर्न सक्छन् । जब उनीहरु समस्यामा पर्छन्, त्यसबाट उम्कने एउटै बाटो सोच्छन्, आत्महत्या ।

किन उनीहरु आफ्नो जीवनलाई त्यती सजिलै समाप्त गर्न उक्सन्छन् ? यसमा उनीहरुको वद्लिइरहने भावनात्मक स्थितीदेखि सजिलै पुरा नहुने अपेक्षा, साथीभाईसँगको विग्रदो सम्बन्ध, सामाजिक सञ्जालमार्फत हुने अनेक झमेला, क्षणिक आवेगमा गरेका गंभिर गल्तीहरु जिम्मेवार छन् ।

यी लक्षण देखिए गंभिर हुनुपर्छ

छोराछोरी सधै निरास हुने, एक्लै बस्ने गर्छ भने त्यसले राम्रो संकेत गर्दैन ।

खाने, सुत्ने, घुलमिल हुने कुरामा उनीहरुको बानी परिवर्तन हुँदै जान्छ, विद्यालय र घरको काम गर्दैनन् भने बुवाआमाले उनीहरुलाई यत्तिकै छाड्ने गल्ती गर्नुहुँदैन ।

अब के गर्ने त ?

किशोर उमेरका छोराछोरीका बारेमा बुवाआमा सचेत हुन जरुरी छ । छोराछोरी के गर्दैछन् ? किन उदास छन् ? किन एक्लै बस्न रुचाउँछन् ? थाहा पाउनुपर्छ । साथै उनीहरुसँग घुलमिल गर्ने, बातचित गर्ने प्रयास गर्नुपर्छ ।

आफ्नो बालबच्चा कस्तो मनोदशाबाट गुज्रिरहेका छन् ? के उनीहरु थाहै नपाई गेमको लतमा परेका छैनन् ? कतै उनीहरुलाई सामाजिक सञ्जालबाट आफ्नै साथीले ब्ल्याकमेलिङ गरिरहेका छैनन् ? यावत् कुरामा अभिभावक चनाखो हुनैपर्छ । आफ्ना छोराछोरीको मन र भावनालाई बुझ्ने कोसिस गर्नुपर्छ । उनीहरुसँग संवाद गर्नुपर्छ । उनीहरुको विश्वास जितेर प्रेममय सम्बन्ध बनाउनुपर्छ ।

घरको वातावरणले पनि यसमा धेरै प्रभाव पार्छ । त्यसैले घरको वातावरण शान्त, हार्दिकतापूर्ण हुनुपर्छ । खाने, बस्ने, सुत्ने तालिका निश्चित हुनुपर्छ । योग, व्यायाम, ध्यान जस्ता विधिलाई जीवनशैलीको हिस्सा बनाउनुपर्छ । यस किसिमको माहौलले पनि उनीहरुलाई नराम्रो कुराबाट ध्यान भंग गराएर राम्रो कुरामा प्रेरित गर्छ ।अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap