कार दुर्घटनामा परेका फुटबलर मार्को एङ्गुलोको निधन


लेखक : सुन्दराञ्चल      कार्तिक २८, २०८१ मा प्रकाशित     
कार दुर्घटनामा परेका फुटबलर मार्को एङ्गुलोको निधन

काठमाडौं २८ कात्तिक,  कार दुर्घटनामा परी गम्भीर घाइते भएका इक्‍वेडरका राष्ट्रिय फुटबल खेलाडी मार्को एङ्गुलोको निधन भएको छ ।

२२ वर्षीय एङ्गुलोको उपचारका क्रममा बुधबार निधन भएको इक्‍वेडर फुटबल फेडेरेसनले एक विज्ञप्तिमार्फत जनाएको छ ।‘मार्को एक उत्कृष्ट खेलाडी मात्र नभएर एक उत्कृष्ट साथी पनि थिए, हाम्रो फुटबल महासंघ एङ्गुलोको मृत्युमा गहिरो सहानुभूति व्यक्त गर्दछ’, विज्ञप्तिलाई उद्धृत गर्दै स्थानीय मिडियाहरुले लेखेका छन् ।

उमेर समूहको टोलीमा २०१९ देखि खेल्न थालेका उनले सन् २०२२ मा सिनियर राष्ट्रिय टोलीका लागि डेब्यु गरेका थिए । उनले राष्ट्रिय टोलीबाट ९ अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।यसबाहेक २०२० देखि क्लबमा आबद्ध उनी २०२३ मा लियोनल मेस्सी खेलिरहेको लिग मेजर लिग सकरकै क्लब सिनसिनाटी एफसीबाट खेलेका थिए भने यसै वर्ष इक्‍वेडरकै क्लब एलडियू क्‍विटोमा लोनमा अनुबन्ध भएका थिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap