कार्यबाहक अध्यक्ष पुजा बुढामगरद्वारा समाजबादी पार्टीको पक्षमा सनाखत


लेखक : सुन्दराञ्चल      भदौ १७, २०७८ मा प्रकाशित     
कार्यबाहक अध्यक्ष पुजा बुढामगरद्वारा समाजबादी पार्टीको पक्षमा सनाखत

धनगढी १७ भाद्र । नेकपा एमालेमा बिभाजन आएपछि माधव नेपाल नेत्रित्वमा बनेको नेकपा (एकीकृत समाजवादी पार्टी) मा स्थानीय तहका  जनप्रतिनिधिले पनि सनाखत गर्न शुरु गरेका छन ।

यस्तै बुधबार कैलालीको महोन्याल गाउँपालिकाकी कार्यबाहक अध्यक्ष पुजा बुढामगरले समाजबादी पार्टीको पक्षमा  सनाखत गरेकी छन्।प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेर  बुढामगरले सनाखत गरेकी हुन । उनी संगै  कार्यपालिका सदस्य विशाल पहराई र वडा सदस्य चन्द्रकला कामीले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।

 दल विभाजनसम्बन्धी अध्यादेशअनुसार एमालेका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई २२ भदौसम्म दल रोज्ने  अधिकार निर्वाचन आयोगले दिएको छ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap