कार्भाजलको निर्णायक गोलमा बेटिसलाई हराउँदै रियल शीर्ष स्थानमा


लेखक : सुन्दराञ्चल      भदौ १३, २०७८ मा प्रकाशित     
कार्भाजलको निर्णायक गोलमा बेटिसलाई हराउँदै रियल शीर्ष स्थानमा

१३ भदौ, काठमाडौं । डाद्दी कार्भाजलको एक मात्र गोल मद्दतमा रियल मड्रिडले स्पानिस ला लिगामा रियल बेटिसलाई १-० ले पराजित गरेको छ ।

यस जितपछि रियल अंक तालिकामा समेत शीर्ष स्थानमा उक्लेको छ ।

शनिबार राति बेटिसको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर ६१औं मिनेटमा कार्भाजलले करिम बेन्जामाको पासमा गोल गर्दै रियललाई अग्रता दिलाए । त्यही गोल निर्णायक बन्दा रियलले तीन अंक जोडेको हो ।

जितपछि तीन खेलबाट ७ अंक जोडेको रियल शीर्ष स्थानमा उक्लेको छ । बेटिस भने तीन खेलबाट २ अंकसहित १४औं स्थानमा छ ।

ला लिगाकै अन्य खेलमा रियल सोसिडमडले लेभान्टेलाई तथा एथ्लेटिक विल्वाओः सेल्टाभिगोलाई समान १-० ले पराजित गरेको छ ।

सेभियाले भने उल्चेसंग १-१ को बराबरी खेल्दै अक बाँडेको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap