कार्भाजलको निर्णायक गोलमा बेटिसलाई हराउँदै रियल शीर्ष स्थानमा


लेखक : सुन्दराञ्चल      भदौ १३, २०७८ मा प्रकाशित     
कार्भाजलको निर्णायक गोलमा बेटिसलाई हराउँदै रियल शीर्ष स्थानमा

१३ भदौ, काठमाडौं । डाद्दी कार्भाजलको एक मात्र गोल मद्दतमा रियल मड्रिडले स्पानिस ला लिगामा रियल बेटिसलाई १-० ले पराजित गरेको छ ।

यस जितपछि रियल अंक तालिकामा समेत शीर्ष स्थानमा उक्लेको छ ।

शनिबार राति बेटिसको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर ६१औं मिनेटमा कार्भाजलले करिम बेन्जामाको पासमा गोल गर्दै रियललाई अग्रता दिलाए । त्यही गोल निर्णायक बन्दा रियलले तीन अंक जोडेको हो ।

जितपछि तीन खेलबाट ७ अंक जोडेको रियल शीर्ष स्थानमा उक्लेको छ । बेटिस भने तीन खेलबाट २ अंकसहित १४औं स्थानमा छ ।

ला लिगाकै अन्य खेलमा रियल सोसिडमडले लेभान्टेलाई तथा एथ्लेटिक विल्वाओः सेल्टाभिगोलाई समान १-० ले पराजित गरेको छ ।

सेभियाले भने उल्चेसंग १-१ को बराबरी खेल्दै अक बाँडेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap