धनगढी कार्तिक २५,। धनगढीमा रहेको चैतन्य एकेडेमीले पाँच दिने निःशुल्क बहुआयामिक लोकसेवा शिविर कार्तिक २६ गतेदेखी ३० गतेसम्म लोकसेवा शिवीर सञ्चालन गर्ने भएको चैतन्य एकेडेमीले जानकारी दिए ।
बिगत लामो समयदेखी काठमाडौंमा १० वर्षदेखि गुणस्तरीय रूपमा विभिन्न सरकारी सेवाका तयारी कक्षा सञ्चालन गर्दै आएको एकेडेमीले धनगढीमा शाखा विस्तार गरेसँगै शिविरको आयोजना गरेको हो ।भने
लोकसेवाका साथै विभिन्न सरकारी सेवाका बारेमा जानकारी दिन पाँच दिने शिविरको आयोजना गरिएको एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद जोशीले जानकारी दिए ।
शिविरमा विज्ञ प्रशिक्षकहरूले विद्यार्थीहरूलाई विविध पक्षमा जानकारी दिनुहुने छ,’ जोशीले भने । उनले पाँच दिन बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुकी साढे ४ः३० बजेदेखि साढे ६ः३० बजेसम्म अभिमूखि करण शिविर सञ्चालन हुने बताए ।लोकसेवा आयोग, शिक्षक सेवा आयोग, बैंकिङ्ग, स्वास्थ्य सेवा, सुरक्षा सेवा,संस्थान एवम् सम्पूर्ण प्रतिस्पर्धात्मक गुणस्तरीय तयारीका लागि चैतन्यले धनगढीमा शाखा विस्तार गरेको जोशीले बताए ।
सुदूरपश्चिमबाट संघीय राजधानी काठमाडौं आएर तयारी गर्न निकै महँगो हुने भएकाले धनगढीमै रहेर विद्यार्थीहरूले गुणस्तीय तयारी कक्षा लिन पाउन भन्ने उदेश्यले शाखा विस्तार गरिएको जोशीले बताए ।
जोशीका अनुसार काठमाडौंबाट नै विज्ञ प्रशिक्षक लगेर धनगढीमा कक्षा सञ्चालन गरिरहेको जानकारी दिए । उनले भौतिक रूपमा कक्षा लिन नसक्नेहरूका लागि अनलाइन सेवाको समेत सुविधा रहेको बताए । ’सुदूपश्चिम मेरो जन्मभूमि हो । यहाँको सेवाका लागि हामीले केही गर्नुपर्छ । सोही उद्देश्य अनुरुप हामीले धनगढीमै लोकसेवाको तयारी गर्ने विद्यार्थीहरूको सहजताका लागि एकेडेमीको शाखा विस्तार गरेका हौं,’ जोशी भन्छन् ।
एकेडेमीको धनगढी शाखामा कार्यरत कर्मचारी योगेश फुलाराले गाउँघरमै विज्ञ प्रशिक्षकबाट गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउँदा विद्यार्थीहरू खुसी रहेको बताए । ’विद्यार्थीहरू सन्तुष्ट हुनुहुन्छ । चैतन्य काठमाडौंमा ख्याति प्राप्त संस्था हो । हामीसँग विगत लामो समयदेखि जोडिनु भएका प्रशिक्षकहरू अहिले धनगढीमै उपलब्ध हुनुहुन्छ,’ उनले भने ।