कामै गरेपनि धेरै बेर एकै ठाउँ बस्दा मुटुको रोग लाग्ने


लेखक : सुन्दराञ्चल      मंसिर ५, २०८१ मा प्रकाशित     
कामै गरेपनि धेरै बेर एकै ठाउँ बस्दा मुटुको रोग लाग्ने

काठमाडौं ५ मङ्सिर । दिनभरि डेस्कमै बसिरहँदा मुटुको रोगको उच्च जोखिममा परिन्छ । नयाँ अध्ययनका अनुसार फुर्सदको समयमा वर्कआउट नै गरेपनि यसरी दिनभर बस्दा मुटुको रोग लाग्ने खतरा रहन्छ । आफूले फेला पारेका तथ्यहरूले शारीरिक रुपमा सक्रिय भए वा नभएपनि अत्यधिक बसाई सकेसम्म टार्नु पर्छ भन्ने मै जोड दिएको अध्यनका लेखक बोष्टनको ब्रिघम एन्ड वुमन्ज हस्पिटलमा कार्डियोलोजिष्ट डा. एजिम अजुफोले भनेका छन् ।

धेरैबेर बस्नु स्वास्थ्यको लागि राम्रो हुन्न भन्ने बुझाई सबैमा पाइन्छ । तर, यसका ठ्याक्कै जोखिमबारे बुझ्न भने थप अनुसन्धान गर्न आवश्यक रहेको र केलाई धेरै बसेको भन्नेबारे निर्देशिका तयार पार्नुु पर्नेमा कोलम्बिया युनिभर्सिटी मेडिकल सेन्टरको व्यवहारिक चिकित्सातर्फका सह-प्राध्यापक डा. केइथ डियाज जोड दिन्छन् । डियाज यो अध्ययनमा संलग्न भने थिएनन् ।
Laxmi sunrise bank 2034

अध्ययनमा अनुसन्धानकर्ताहरूले झन्डै ९० हजार जनाको डेटा हेरेका थिए । अध्ययनले अधिक बेर बसेको भनेर कस्तो बसाईलाई गनिने भन्नेबारे पनि केही मार्ग प्रशस्त गर्न सकिने बताइएको छ । बस्नुको सट्टा उभिएर काम गर्ने त ? अहँ, हुँदै होइन भन्छन्, डियाज । उभिनु भनेको बस्नु होइन तर एकै ठाउँमा बस्दा मांशपेशी चल्न पाउँदैनन् र सुगर तथा लिपिड टुक्रिन पाउँदैन भन्ने उनको तर्क छ ।

Shivam Cement

दिनभर अफिसमा बसेर काम गर्नु पर्ने छ भने अफिस आउँदा/जाँदा हिड्ने, स-साना मिटिङ हिडिरहँदा भ्याउने, ट्रेडमिलमा दौडिने केही उपयोगी हुन सक्ने उनको धारणा छ । आफ्नो दैनिकमा आफू र आफ्नो तालिका सुहाउँने गरी हिडडुल वा चलिरहने काम राख्न जरुरी रहेको उनी बताउँछन् ।  एउटा टास्क सकिएपछि हरेक आधादेखि एक घन्टामा उठेर हिड्न पनि उनी सुझाउँछन् । दिनभरि बसिरहने अनि दिन सकिने बेलामा मज्जाले व्यायाम गरेर बसिरहँदा भएका समस्याहरू नउल्टिने अजुफो बताउँछन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap