कामिका एकादशी


लेखक : सुन्दराञ्चल      साउन २०, २०७८ मा प्रकाशित     
कामिका एकादशी

आज ब्रह्मा बिवर्त पुराणका पानाहरु पल्टाउन चाहन्छौं यस वर्षको श्रावण कृष्ण एकादशी अर्थात कामिका एकादशीको पावन अवसरमा । जसजसले यस एकादशीको व्रतकथा भक्तिका साथ श्रवण गर्दछ उसले बैकुण्ठ प्राप्त गर्दछ भनि एकादशी महापुराणमा लेखिएको
छ ।
यूधिष्ठिरले कृष्णसंग प्रश्न गर्दै भनेको प्रसंग यहाँ छ । हे गोबिन्ददेव कृपया गरेर मलाई कामिका एकादशीको व्रतामृत कथा बताईदिन आग्रह गर्दछु ।
कृष्णको उत्तर यसप्रकार छ ।

ओहो राजा यूधिष्ठिर, सत्यवक्ता अनि महान साधु, अवश्य पनि म तपाँईलाई यस एकादशीको बारेमा सविस्तार सुनाँउने छु, यसको व्रतका बारेमा जसले सम्पूर्ण पापमोचन गरि मुक्ति पनि दिन्छ, आउुनहोस् म बताँउदछु ।

थोरै अर्को एउटा प्रसंग जोड् चाहन्छौं, यसै एकादशीका बारेमा एकफेर नारद मुनीले श्रृष्टिकर्ता ब्रह्मालाई पनि सोधेको प्रसंग छ । हरेक एकादशीका आआफ्नै महत्व भएपनि शिवको महिना अनि कृषीकार्यको उत्सर्गमा हुने यस श्रावण कृष्ण पक्षको एकादशी कामिकाको महत्व अलिक पृथक पनि छ ।

यस एकादशीमा व्रत लिनाको फल भने अश्वदान गरेझैं हुनेगर्दछ, अश्व अर्थात घोडा जसको दान गरिने यज्ञ अश्वमेघ यज्ञ सबैभन्दा महान यज्ञका रुपमा मानिएको पाइन्छ । काशीको गंगामा प्रातकालिन डुबुल्की मारे भन्दा धेरै, नैमिश्रयण या पुस्करको जगंलमा तपस्या गरेभन्दा धेरै यस एकादशीको व्रतको फल रहने गर्दछ । मानव हित अनि मोक्षका लागि यस एकादशीको महत्व वास्तवमै धेरै ठाँउमा वर्णन गरिएको पाइन्छ ।

सौर्य ग्रहणका दिन कुरुक्षेत्रमा स्नान गरेभन्दा धेरै, शालिग्रामको निवास रहेको गण्डकी नदिमा स्नान गरेभन्दा धेरै, गोदावरी स्नान भन्दा धेरै, दुहुनो गाई र बाच्छी दान गरेभन्दा धेरै फल आजको एकादशीको व्रत लिँदा हुने बताइएको छ । जीवनमा सबैभन्दा ठूलो रोग र बिजाँई त्यतीबेला हुन्छ जब हामीले आफूले गरेको गल्ती स्वीकार गर्दैनौं, आफूभित्रै आफैसंग लडाँई गर्दछौं अनि पाखयडी स्वाभिमानको हाँसो हाँस्दछौं । यस एकादशीले वडो चित्ताकर्षक रुपमा आफ्नो पाप या गल्ती स्वीकार गरेर भक्तिमार्गमा आएर कामिका एकादशीको व्रत लिन आव्हान गरेको छ है । सम्पूर्ण वेद, गीता र पुराणहरुको अध्ययन भन्दा पनि धेरै फल यस एकादशीमा आफ्नो गल्ती स्वीकार गरि व्रत लिनेले पाँउदछ । भगवान विष्णु अर्थात् जगतका पालनहार अनि हरि, यिनै भगवानको भक्तिमा तुलसी पातको भोग लगाई अर्चना गर्नाले यस एकादशीमा पुण्य मिल्ने बताइन्छ । भगवान हरिलाई अर्चना गर्दा सुन, चाँदी या हिराकै बरावर तुलसीको पत्र अनि मन्जरीलाई स्थान दिइन्छ र यस एकादशीमा पनि तुलसीको पात र मन्जरीको उत्तिकै महत्व रहन्छ ।

तुलसीलाई भक्तिपूर्वक पानी चढाउने भक्तको मृत्यूको हिसाब यमराजले पनि गर्न नसक्ने र उसको आत्मिक चेतना पनि अत्यन्त धेरै रहने जनश्रुति पनि छ । यस एकादशीमा नदिनाला या तलाउमा जान उति प्रेरित गरिएको पाइन्न, शायद बर्खाको मध्यमा पर्ने एकादशीमा पानीको बहाव र शुद्धताका कारणले पनि हुन सक्दछ ।

प्रातकालमा उठेर स्नान गरि तुलसाको मठमा भगवानलाई अर्चना गर्ने, अगरबत्ति, धुप आदि चढाउने अनि सूर्योदय पश्चात व्रतकथा श्रवण गर्ने चलन रहेको छ । आजको एकादशीको साँझमा शुद्य घ्यूको दियो तुलसाको मोठमा बाल्ने चलन पनि छ अनि भगवानलाई पञ्चामृत भोग लगाउने चलन पनि रहेको पाइन्छ । तुलसीको पात या मठ नभएमा मन्जरी या तुलसीको डाँठ या केही नभएमा जुनसुकै बस्तुलाई विष्णुको प्रतिमा मानेर स्थापना गरि अर्चना गर्न सकिन्छ । अन्न र नुनको प्रयोग यस एकादशीमा वर्जित छ । एकादशीको महत्व यति धेरै भएपनि अन्य एकादशीको झैं यस एकादशी व्रतकथा चाँही विशेष पाइन्न, अमुक गाँउका एकजना धनी व्यक्तिले भगडाको क्रममा झुक्किएर एकजना ब्राहमणको हत्या हुन पुग्दछ । ब्रह्महत्या अझ भनौं मानव हत्याको आरोप अनि पाप प्रायश्चित गर्न साधुहरुले बताए अनुरुप कामिका एकादशीको व्रत लिएर उनले मुक्ति पाँउदछन् ।

यस एकादशी एउटा अद्भूत एकादशी हो, स्वच्छ मन, स्वस्थ तन अनि शान्त पृथ्वीको कामना ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap