काबुल विमानस्थलमा आइतबारयता १२ जनाको मृत्यु


लेखक : सुन्दराञ्चल      भदौ ३, २०७८ मा प्रकाशित     
काबुल विमानस्थलमा आइतबारयता १२ जनाको मृत्यु

३ भदौ, काठमाडौं । अफगानिस्तानको काबुलस्थित हामिद कारजाई विमानस्थल वा आसपासका क्षेत्रमा आइतबारयता १२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार तालिबानले समग्रमा अहिलेसम्म १२ जनाको मृत्यु भएको जानकारी दिएको हो ।

नाम नबताउने शर्तमा तालिबानका अधिकारीले गोली लागेर वा भागदौडको क्रममा उनीहरुको मृत्यु भएको बताएका हुन् । उनले सबै बाहिर जाने अनुमति नभएका मानिसलाई घर जान पनि आग्रह गरेका छन् । तालिबानले एयरपोर्टमा कसैलाई पनि दुःख दिन नचाहेको बताएका छन् ।

अहिले काबुलको एयरपोर्ट अमेरिकी सेनाको नियन्त्रणमा छ । तर, एयरपोर्ट जाने बाटोमा तालिबानहरु तैनाथ गरिएको छ । प्रत्यक्षदर्शीले बाहिर जाने कागजात भएका मानिसलाई पनि उनीहरुले रोकिरहेको बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap