काबुल विमानस्थलमा आइतबारयता १२ जनाको मृत्यु


लेखक : सुन्दराञ्चल      भदौ ३, २०७८ मा प्रकाशित     
काबुल विमानस्थलमा आइतबारयता १२ जनाको मृत्यु

३ भदौ, काठमाडौं । अफगानिस्तानको काबुलस्थित हामिद कारजाई विमानस्थल वा आसपासका क्षेत्रमा आइतबारयता १२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार तालिबानले समग्रमा अहिलेसम्म १२ जनाको मृत्यु भएको जानकारी दिएको हो ।

नाम नबताउने शर्तमा तालिबानका अधिकारीले गोली लागेर वा भागदौडको क्रममा उनीहरुको मृत्यु भएको बताएका हुन् । उनले सबै बाहिर जाने अनुमति नभएका मानिसलाई घर जान पनि आग्रह गरेका छन् । तालिबानले एयरपोर्टमा कसैलाई पनि दुःख दिन नचाहेको बताएका छन् ।

अहिले काबुलको एयरपोर्ट अमेरिकी सेनाको नियन्त्रणमा छ । तर, एयरपोर्ट जाने बाटोमा तालिबानहरु तैनाथ गरिएको छ । प्रत्यक्षदर्शीले बाहिर जाने कागजात भएका मानिसलाई पनि उनीहरुले रोकिरहेको बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap