काठमाडौं-१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी


लेखक : सुन्दराञ्चल      मंसिर १७, २०८१ मा प्रकाशित     
काठमाडौं-१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

काठमाडौंमंसिर १७,  काठमाडौं महानगरपालिका -१६ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ विजयी हुनुभएको छ । निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ २ हजार ९ सय २ मतसहित विजयी हुनुभएको हो ।

दोस्रो स्थानमा रहनुभएका एमालेका लक्ष्मीरत्न तुलाधरले १ हजार २ सय १८ मत प्राप्त गर्नुभयो । त्यस्तै २ हजार २ सय २ मतसहित कांग्रेसका देवेन्द्र पाठक तेस्रो स्थानमा रहनुभएको छ । नेकपा एकीकृत समाजवादी का मीनबहादुर मानन्धरले ६५१ मत ल्याउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार श्यामकृष्ण श्रेष्ठले ७७४ मत पाउनुभयो । काठमाडौं-१६ मा १० हजार ५ सय ५८ मत खसेको थियो भने १ सय ८० मत बदर भएको छ ।

२०७९ को स्थानीय चुनावमा कांग्रेसबाट वडाध्यक्षमा विजयी मुकुन्द रिजालको मृत्यु भएपछि काठमाडौं-१६ मा उपनिर्वाचन भएको हो ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap