काठमाडौं महानगरले सहरी सरसफाइका लागि थप १ सय ५० जना जनशक्ति परिचालन,


लेखक : सुन्दराञ्चल      असार २१, २०७९ मा प्रकाशित     
काठमाडौं महानगरले सहरी सरसफाइका लागि थप १ सय ५० जना जनशक्ति परिचालन,

२१ असार, काठमाडौं । काठमाडौं महानगरले सहरी सरसफाइका लागि थप १ सय ५० जना जनशक्ति परिचालन गरेको छ । महानगरले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आएका र दैनिक ज्यालादारीमा लिएका जनशक्ति थपेको हो ।
यसअघि नियमित सरसफाइमा काम गर्ने करिब ६ सय कर्मचारी परिचालन हुने गरेको थिए ।

वातावरण तथा कृषि व्यवस्थापन विभागका प्रमुख सरिता राइका अनुसार सहरी व्यवस्थापनमा नगर प्रहरी बल परिचालनका लागि महानगरलाई ५ क्षेत्रमा बााडिएको छ ।

पूर्व क्षेत्र ९वडा नंं। ६, ७, ८, ९, १०, ३१ र ३२०, पश्चिम क्षेत्र ९१३, १४, १५, १६, १७ ० उत्तर क्षेत्र ९१, २, ३, ४, ५, २६ र ३०० मध्य क्षेत्र ९११, १२, १८, १९, २०, २१, २२, २३, २४, २५, २७, २८ र २९० हुन् ।

सरसफाइ तथा अनुगमन शाखा प्रमुख नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टका अनुसार एउटा समूहमा २० देखि २२ जनासम्मलाई खटाइएको छ ।

 

‘रत्नपार्क, रानीपोखरी, कमलपोखरी तथा ट्राफिक आइल्याण्डहरुको सफाइमा छुट्टै समूह बनाइएको छ । यस्तै तत्काल परिचालन गर्न सकिने गरी १५ जना जनशक्ति राखिएको छ ।’

यसरी खटाइएका जनशक्तिले सडक र किनारा सफाइ गर्ने, फोहोर बटुल्ने, किनाराको झार उखेल्ने, बर्खे पानी बग्ने नालीमा जम्मा भएको माटो निकाल्ने, बोट विरुवा गोडमेल गर्ने, कााटछााट गर्नेजस्ता काम गर्ने गरेका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap