कांग्रेस महामन्त्री खड्का अस्पताल भर्ना


लेखक : सुन्दराञ्चल      अशोज १२, २०७८ मा प्रकाशित     
कांग्रेस महामन्त्री खड्का अस्पताल भर्ना

काठमाडौँ — कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई सशस्त्र प्रहरी बलको कोरोना विशेष अस्पताल भर्ना गरिएको छ । कोरोना संक्रमणपछि ५ दिनदेखि होम आइसोलेनमा उपचाररत खड्कालाई मंगलबार ‘अब्जरभेसन’ को लागि अस्पताल भर्ना गरिएको हो ।

सशस्त्र प्रहरी बलको कोरोना विशेष अस्पतालमा भर्ना भएका कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का । तस्विर : महामन्त्री खड्काको फेसबुकबाट

खड्काले आफ्नो फेसबुक पेजबाट अक्सिजन लेभल सामान्य भए पनि नाडीको गति (पल्स) घटेको र रक्तचाप बढेकोले अस्पताल भर्ना हुनु परेको बताएका छन् ।

मंगलबार दिउँसो २ बजे आएको खड्काको रिपोर्टमा रक्तचाप १२०/८३, अक्सिजन लेभल ९८/९७/९६, ज्वरो ९८ डिग्री, मुटुको अवस्था सामान्य रहेको उल्लेख छ । डा. रोशन झा र उनको टिमको सुझावअनुसार ‘अब्जरभेसन’को लागि अस्पताल भर्ना गरिएको खड्काले बताएका छन् ।

महामन्त्री खड्काले औषधि सेवनबाट साइड इफेक्ट भएर करिब २ घण्टा निरन्तर असहज भएपछि अस्पताल भर्ना हुनु परेको प्रस्ट पारेका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap