काठमाडौँ — कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई सशस्त्र प्रहरी बलको कोरोना विशेष अस्पताल भर्ना गरिएको छ । कोरोना संक्रमणपछि ५ दिनदेखि होम आइसोलेनमा उपचाररत खड्कालाई मंगलबार ‘अब्जरभेसन’ को लागि अस्पताल भर्ना गरिएको हो ।
सशस्त्र प्रहरी बलको कोरोना विशेष अस्पतालमा भर्ना भएका कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का । तस्विर : महामन्त्री खड्काको फेसबुकबाट
खड्काले आफ्नो फेसबुक पेजबाट अक्सिजन लेभल सामान्य भए पनि नाडीको गति (पल्स) घटेको र रक्तचाप बढेकोले अस्पताल भर्ना हुनु परेको बताएका छन् ।
मंगलबार दिउँसो २ बजे आएको खड्काको रिपोर्टमा रक्तचाप १२०/८३, अक्सिजन लेभल ९८/९७/९६, ज्वरो ९८ डिग्री, मुटुको अवस्था सामान्य रहेको उल्लेख छ । डा. रोशन झा र उनको टिमको सुझावअनुसार ‘अब्जरभेसन’को लागि अस्पताल भर्ना गरिएको खड्काले बताएका छन् ।
महामन्त्री खड्काले औषधि सेवनबाट साइड इफेक्ट भएर करिब २ घण्टा निरन्तर असहज भएपछि अस्पताल भर्ना हुनु परेको प्रस्ट पारेका छन् ।