‘क्रियाशील सदस्यता टुंगो लगाउन ढिलाइ भएका कारण १८ भदौमा हुन नसकेकाले केन्द्रीय निर्वाचन समितिको निर्देशन अनुसार वडा अधिवेशनको नयाँ मिति तोकिएको हो,’ उनले भने । निर्वाचन अधिृकत बमले बाँकी अधिवेशन कार्यतालिका अनुसार नै हुने जनाए ।
कांग्रेस जिल्ला कार्यसमितिले करिब ५ हजार आठ सयको क्रियाशील सदस्यता सूची पठाएकोमा केन्द्रले चार सय जनाको नाम हटाएको र तीन सयको नाम थप गरेको आरोप छ ।
करिब २० जिल्लाको क्रियाशील सदस्यता टुंगो नलाग्दा स्थानीय तहको अधिवेशन कार्यतालिका प्रभावित हुने आशंका बढेको छ । प्रदेश २ का आठवटै जिल्ला, काठमाडौं, सिन्धुपाल्चोक, रसुवा, कपिलवस्तु, बाँके, बर्दिया, मोरङ, कैलालीलगायत जिल्लाको क्रियाशील सदस्यता नामावली सार्वजनिक गरिएको छैन ।