कांग्रेस महाधिवेशन : देउवाको गृहजिल्लामा २५ भदौमा वडा अधिवेशन


लेखक : सुन्दराञ्चल      भदौ २२, २०७८ मा प्रकाशित     
कांग्रेस महाधिवेशन : देउवाको गृहजिल्लामा २५ भदौमा वडा अधिवेशन

२२ भदौ काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा २५ भदौमा वडा अधिवेशन हुने भएको छ । कांग्रेस महाधिवेशन कार्यतालिका अनुसार १८ भदौमा हुनुपर्ने वडा अधिवेशन क्रियाशील सदस्यता विवादका कारण ढिलाइ भएको हो ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शनिबार साँझ मात्रै डडेल्धुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको थियो । सार्वजनिक भएको क्रियाशील सदस्यतालाई लिएर जिल्लामा विवाद भएपछि मंगलबार निर्वाचन अधिकृत र कांग्रेस जिल्ला कार्यसमितिबीच छलफल भएको हो । छलफलपछि निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले २५ भदौका लागि वडा अविधेशन तोकिएको बताए ।

‘क्रियाशील सदस्यता टुंगो लगाउन ढिलाइ भएका कारण १८ भदौमा हुन नसकेकाले केन्द्रीय निर्वाचन समितिको निर्देशन अनुसार वडा अधिवेशनको नयाँ मिति तोकिएको हो,’ उनले भने । निर्वाचन अधिृकत बमले बाँकी अधिवेशन कार्यतालिका अनुसार नै हुने जनाए ।

कांग्रेस जिल्ला कार्यसमितिले करिब ५ हजार आठ सयको क्रियाशील सदस्यता सूची पठाएकोमा केन्द्रले चार सय जनाको नाम हटाएको र तीन सयको नाम थप गरेको आरोप छ ।

करिब २० जिल्लाको क्रियाशील सदस्यता टुंगो नलाग्दा स्थानीय तहको अधिवेशन कार्यतालिका प्रभावित हुने आशंका बढेको छ । प्रदेश २ का आठवटै जिल्ला, काठमाडौं, सिन्धुपाल्चोक, रसुवा, कपिलवस्तु, बाँके, बर्दिया, मोरङ, कैलालीलगायत जिल्लाको क्रियाशील सदस्यता नामावली सार्वजनिक गरिएको छैन ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap