कांग्रेस महाधिवेशन : कल्याण गुरुङले सभापतिको उम्मेदवारी घोषणा गर्दै


लेखक : सुन्दराञ्चल      भदौ १५, २०७८ मा प्रकाशित     
कांग्रेस महाधिवेशन : कल्याण गुरुङले सभापतिको उम्मेदवारी घोषणा गर्दै

काठमाडौं । नेपाली कांग्रेसको महधिवेशन नजिकिएसँगै विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । यसैक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गर्ने बताएका छन् । बुधबार नेता गुरुङले उम्मेदवारी घोषणा गर्न लागेको लोकपथलाई जानकारी दिए । काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा एक कार्यक्रमकाबीच उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।‘बुधबार दिउँसो साढे २ बजे मैले औपचारिक रुपमै सभापतिको उम्मेदवारी घोषणा गर्न लागेको छु ।’ उनले लोकपथसँग भने । यसअघि पार्टी उपसभापति विमलेन्द्र निधिले नयाँ वानेश्वरस्थित थापागाउँको एक पार्टी प्यालेसमा सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । त्यसैगरी सोमबार केन्द्रीय सदस्य गगनकुमार थापाले महामन्त्रीको उम्मेदवारी घोषणा गरेका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap