कांग्रेस महाधिवेशनः पौडेल समूह फेरि जुट्यो छलफलमा


लेखक : सुन्दराञ्चल      भदौ ११, २०७८ मा प्रकाशित     
कांग्रेस महाधिवेशनः पौडेल समूह फेरि जुट्यो छलफलमा

काठमाण्डाै ११ भाद्र । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका शीर्ष नेताहरू फेरि छलफलमा जुटेका छन्। उनीहरू ठमेलको चाक्सीबारीस्थित पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा भेला भएका हुन्।

छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व सहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी र डा. रामशरण महत, नेताहश बलबहादुर केसी, डा. शेखर कोइराला, दिलेन्द्रप्रसाद बडु र डा. मीनेन्द्र रिजाल सहभागी छन्।

संस्थापनइतर समूहका जिल्ला सभापतिहरू क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गर्नुपर्ने माग राखेर आन्दोलन गरिरहेका बेला पौडेल समूह छलफलमा जुटेको हो।

बैठकमा आसन्न महाधिवेशन, क्रियाशील सदस्यता र जिल्ला सभापतिहरूको जारी आन्दोलनबारे छलफल भइरहेको एक नेताले जानकारी दिए।

यसअघि यही भदौ ९ गते चाक्सीबारीमै बसेको उक्त समूहको बैठकले पार्टीको विधानसँग बाझिनेगरी तयार गरिएको निर्वाचन निर्देशिका स्वीकार्य नहुने निष्कर्ष निकालेको थियो। बैठकले ७७ वटै जिल्लामा एकसाथ अधिवेशन सुरु गरिनुपर्ने र आशिंक रूपमा क्रियाशील सदस्यहरूको नामावली स्वीकार नगर्न निर्वाचन समितिलाई आग्रह गरेको थियो।

तर समितिले बिहीबार मात्रै ३८ जिल्लाका क्रियाशील सदस्यको नामावली बुझेर ती जिल्लाका निर्वाचन अधिकृतसमेत खटाइसकेको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap