कांग्रेस प्रवक्ता शर्मा भन्छन्: पहिला खोप दिउँ, अनि परीक्षा लिउँ


लेखक : सुन्दराञ्चल      साउन २५, २०७८ मा प्रकाशित     
कांग्रेस प्रवक्ता शर्मा भन्छन्: पहिला खोप दिउँ, अनि परीक्षा लिउँ

काठमाडौं २५ साउन । त्रिभुवन विश्वविद्यालयले भदौ ५ गतेसम्म घोषित परीक्षा तालिका स्थगित नगर्ने भएपछि त्यसको आलोचना भएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले परीक्षा हल, बजारको भिडभाड र मोटरहरु तेस्रो लहरको उद्घाटन समारोह बन्नसक्ने भएकाले सचेत रहन आग्रह गरेका छन् ।

सोमबार विहान सामाजिक संजालमार्फत उनले ‘पहिला खोप दिउँ, अनि परीक्षा लिउँ । भिडले कोभिड तीब्र बनाउँदैछ, सबै गम्भीर बनौं’ भनेका छन् ।

आइतबार मात्र कोरोना संक्रमणका कारण ५५ जनाको मृत्यु भएको उल्लेख गर्दै शर्माले विद्यार्थीको जीवन जोगाउन सम्बन्धित निकायलाई घचघच्याउनु हाम्रो जिम्मेवारी हो’ भनेका छन् ।

त्रिविले कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँगको सहमतिमै भदौ ५ गतेसम्मको परीक्षा सुचारु रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

यसअघि शनिबारको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन ३१ गतेबाट सञ्चालन गर्ने गरी पूर्व घोषित कक्षा १२ को परीक्षा कार्यक्रम स्थगित गर्ने निर्णय गरिसकेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap