कांग्रेस कैलाली सचिवको उम्मेदवारी घोषणा


लेखक : सुन्दराञ्चल      भदौ १६, २०७८ मा प्रकाशित     
कांग्रेस कैलाली सचिवको उम्मेदवारी घोषणा

धनगढी १६ भाद्र । नेपाली काँग्रेसको १४ महाधिवेशन कैलाली जिल्ला सचिवमा युवा नेता लक्ष्मण शाहीले उम्मेद्वारी घोषणा गरेका छन्। पटक पटक महाधिवशेनको मिति सर्दे गएपनि नेताहरुले भने स्थानीय स्तर देखि केन्द्र स्थर सम्मका विभिन्न पदहरुमा आफ्नो उम्मेद्वारी घोषणा गरिरहेका छन।

लामो समय देखि शाहीको नाम जिल्ला सचिवका लागि चर्चामा रहदै आए पनि शाहीले आधिकारी रुपमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन। २०५९ सालबाट नेविसंघ कैलाली बहुमूखी क्याम्पसको इकाई सभापति बाट आफ्नो राजनीति यात्रा सुरु गरेका शाही झण्डै १० बर्ष कैलाली जिल्लाको नेविसंघ सभापति भएका थिए।

नेविसंघ कैलालीको अध्यक्षको कार्यकालमा जिल्लाभर मजबुत नेविसंघ बनाएर एकाएक चर्चामा आएका शाही २०७४ सालतको प्रदेश सभा निवार्चनमा नेपाली काँग्रेसको तर्फबाट कैलाली जिल्लाको निवार्चन क्षेत्र नम्बर ३ अन्त्तगर्त प्रदेश २ बाट प्रदेश सभा सदस्यका लागि काँगेसले उनलाई उम्मेद्वार बनाएको थियो तर उक्त निवार्चनमा उनि पराजित भएका थिए।

पार्टीका केन्द्रीय स्रतका नेताहरु संग नजिक मानिएका र जिल्ला तहका नेता कार्यकार्ता माझ भिजेका शाहीको उम्मेद्वारीलाई अर्थपूर्ण रुपमा हेरिएको छ। यस्तै सचिवमा काँग्रेस कैलाली जिल्ला सदस्य नृपबहादुर सुनार, तरुण दलका नेता अमृत विसी र जिल्ला सदस्य केशव मिश्रले पनि दावी गरेका छन्।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap