कांग्रेस काठमाडौंका जिल्ला सभापति भन्छन्– २३ गते नकटाइकन वडा अधिवेशन गर्छौं


लेखक : सुन्दराञ्चल      भदौ १७, २०७८ मा प्रकाशित     
कांग्रेस काठमाडौंका जिल्ला सभापति भन्छन्– २३ गते नकटाइकन वडा अधिवेशन गर्छौं

१७ भदौ, काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशन शुक्रबार (भदौ १८ गते)देखि सुरु हुँदै छ ।

तर राजधानी काठमाडौंसहित कतिपय जिल्लाको क्रियाशील सदस्यताको सूची अझै सार्वजनिक भएको छैन । सूची सार्वजनिक नभएका जिल्लामा भदौ १८ गते नै वडा अधिवेशन नहुने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयले सदस्यताको सूची सार्वजनिक नगरेकाले भदौ १८ गते नै काठमाडौंमा वडा अधिवेशन सुरु नहुने जिल्ला सभापति सबुज बानियाँ बताउँछन् । उनले भने, ‘आज साँझसम्ममा सूची सार्वजनिक भयो भने २३ गतेभित्रै वडा अधिवेशन गरिसक्ने तयारीमा छौं ।’ काठमाडौंमा समायोजनको काम नटुंगिएकाले सूची सार्वजनिक गर्न ढिलाइ भएको उनको भनाइ छ ।

‘सदस्यताको सूची सार्वजनिक नभएका जिल्लाका साथीहरुले २३ गते नकटाइकन कसैले २०, कसैले २१ गते वडा अधिवेशन गर्ने तयारी गरेकाछन्, हामी पनि त्यस्तै तयारीमा छौं,’ बानियाँले भने । भदौ १८ मा अधिवेशन हुन नसकेका वडाहरुमा अर्को मिति तोक्ने अधिकार निर्वाचन अधिकृतलाई दिइएको छ ।

काठमाडौं जिल्लाका कांग्रेसका एक नेताले सूची सार्वजनिक नहुँदा महाधिवेशनको माहोल नै नबनेको बताए । उनले भने, ‘राजधानी काठमाडौंको माहोलले धेरै ठूलो अर्थ राख्छ, तर यहीं पूर्वनिर्धारित मितिमा वडा अधिवेशन नहुने भयो ।’

क्रियाशील सदस्यताको विवाद नटुंगिदा पटक–पटक कांग्रेसको महाधिवेशनको कार्यतालिका संशोधन हुँदै आएको छ । संशोधित कार्यतालिका अनुसार भदौ १८ गतेबाट वडा अधिवेशन सुरु गरेर केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गते गर्ने निर्णय कांग्रेसले गरेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap