कांग्रेस अधिवेशन : भदौ २३ देखि कि कोजाग्रत पूर्णिमापछि ?


लेखक : सुन्दराञ्चल      साउन २८, २०७८ मा प्रकाशित     
कांग्रेस अधिवेशन : भदौ २३ देखि कि कोजाग्रत पूर्णिमापछि ?

२८ साउन, काठमाडौं । पार्टीको १४औं महाधिवेशनको कार्यतालिका बनाउन नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । पार्टी कार्यालय, सानेपामा क्रियाशील सदस्यता विवादलाई लिएर धर्ना भइरहेकाले केन्द्रीय सदस्यहरुको सभापति शेरबहादुर देउवाको निवास, बुढानीलकण्ठमा बोलाइएको छ ।

पछिल्लो पटक संशोधित कार्यतालिका अनुसार केन्द्रीय महाधिवेशन भदौ १६-१९ सम्म हुनुपर्ने हो । तर क्रियाशील सदस्यता विवादका कारण वडा, स्थानीय तह लगायतका तल्लो कमिटीको कुनै पनि अधिवेशन सुरु नै हुन सकेको छैन । नेताहरुका अनुसार अहिले दुई विकल्पमा छलफल भइरहेको छ ।

पहिलो : भदौ २३ बाट निरन्तर अधिवेशन

दोस्रो : कोजाग्रत पूर्णमापछि अधिवेशन

संविधानको धारा २६९ (४) अनुसार हरेक राजनीतिक पार्टीले ५ वर्षमा एक संघीय र प्रदेश तहका पदाधिकारीको निर्वाचन गर्नुपर्छ । विशेष परिस्थिति उत्पन्न भएर ५ वर्षमा अधिवेशन गर्न नसके र ६ महिनाभित्र गर्नुपर्छ । कांग्रेसको महाधिवेशन नभएको यही भदौ २३ मा ५ वर्ष ६ महिना पूरा हुन्छ ।

कांग्रेस नेताहरुका अनुसार अब २३ भदौभित्र केन्द्रीय महाधिवेशन गर्न सम्भव छैन । त्यसैले पार्टीको वैधानिकता जोगाउन २३ भदौबाट अधिवेशन प्रक्रिया सुरु गर्ने विकल्पमा छलफल भइरहेको छ । ‘वरिष्ठ नेता रामचन्द्र पौडेल त तत्काल अधिवेशन गर्नुपर्छ भन्दै आउनु भएको छ । २३ भदौबाट अधिवेशन सुरु गर्न सभापति पनि तयार हुनु भएको छ’ छलफलहरुमा सहभागी एक नेता भन्छन् । यसो भएमा असोजसम्म केन्द्रीय अधिवेशन हुनसक्छ ।

तर अधिवेशन सुरु गर्नुअघि क्रियाशील सदस्यताको विवाद टुंग्याउनुपर्ने हुन्छ, जुन सहज छैन । एक केन्द्रीय सदस्यका अनुसार प्रारम्भिक मतदाता मानिने क्रियाशील सदस्यको विवाद भोलि को सभापति हुने भन्नेसँग पनि जोडिएकाले पेचिलो छ ।

क्रियाशील सदस्यता छानविन समितिले बारा, सप्तरी लगायतका १३ वटा निर्वाचन क्षेत्रको विवाद टुंगो लगाएको छैन । समितिले टुंग्याएका कतिपय क्षेत्रमा पनि रामचन्द्र पौडेल समूहको आपत्ति छ । पौडेल समूहका जिल्ला सभापतिहरुको भेलाले छानविन समितिले टुंगो लगाएको क्रियाशील सदस्य केन्द्रीय कमिटीले पास गर्नुअघि विवरण सार्वजनिक गर्नुपर्ने माग गरेको छ ।

बिहीबारको केन्द्रीय कार्यसमितिको बैठकमा वरिष्ठ नेता पौडेलले क्रियाशील टुंगो लगाएर कार्यतालिका बनाउन माग गर्नसक्ने उनी निकट एक नेता बताउँछन् ।

क्रियाशील टुंगो नगरी कार्यतालिका बनाउँदा कार्यान्वयन नहुने मात्र होइन, समयको चाप देखाएर क्रियाशील विवादलाई आफ्नो अनुकूल बनाउन सक्ने यो समूहको आशंका छ । तर क्रियाशील टुंगो लगाएर मात्र कार्यतालिका बनाउँदा भदौ २३ देखि अधिवेशन सुरु गर्न कठिन हुने नेताहरु स्वीकार गर्छन् ।

त्यसैले क्रियाशील विवाद टुंगो लगाउने र कोजाग्रत पूणिर्मापछि अधिवेशन सुरु गर्ने दोस्रो विकल्पमा पनि नेताहरुबीच छलफल भइरहेको एक केन्द्रीय सदस्यले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap