कात्तिक २२, नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । बुधबार विहान भूकम्प प्रभावित क्षेत्रतर्फ गएका दुई महामन्त्रीले कमजोरीको वास्तविकता पहिचान गरि अविलम्ब उचित व्यवस्थापनमा ध्यान, ध्यानाकर्षण र सहजीकरण गर्ने कांग्रेसले जनाएको छ ।
महामन्त्रीद्वयले प्रभावित क्षेत्रबाट आवश्यकता अनुरुप संघमा सोझै प्रधानमन्त्रीलाई तथा प्रदेशमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराई सहजीकरण र समाधान खोज्न बल पुर्याउने कांग्रेसले जानकारी गराएको छ ।
सरकारको राहत कोषमा पार्टीले ५० लाख रुपैयाँ सहयोग गरेको छ । सांसदको आधा महिनाको पारिश्रमिक पनि कांग्रेसले राहत कोषमा जम्मा गर्न घोषणा गरेको छ । केही सांसदले व्यक्तिगत रुपमा छुट्टै सहयोग गरेका छन् । नेविसंघ, तरुण लगायतका भ्रातृ संस्थाले पनि राहत कोषमा सहयोग गर्ने गरि आर्थिक संकलन गरेका छन् ।