कांग्रेसको ४३ जिल्लाको वडा अधिवेशन सकियो, क्रियाशिल सदस्यताको सूची नआएका २१ जिल्लामा अन्योल


लेखक : सुन्दराञ्चल      भदौ २१, २०७८ मा प्रकाशित     
कांग्रेसको ४३ जिल्लाको वडा अधिवेशन सकियो, क्रियाशिल सदस्यताको सूची नआएका २१ जिल्लामा अन्योल

काठमाडौं, २१ भदौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हिजोसम्म ४३ जिल्लाको वडा अधिवेशन सकिएको छ ।क्रियाशील सदस्यता सूची सार्वजनिक गरिएका अरु १३ जिल्लामा अधिवेशनको तयारी भईरहेको छ । तर पार्टी मुख्यालयले अहिलेसम्म क्रियाशिल सदस्यता सूची टुंगो लगाउन नसकेका २१ जिल्लाको वडा अधिवेशन अनिश्चित देखिएको छ ।

शीर्ष नेतृत्व तहबाटै २१ जिल्लाको क्रियाशील सदस्यताको विवाद नमिल्दा निर्वाचन समितिले नामावली पाएको छैन । कांग्रेसले ७७ वटै जिल्लाका ६ हजार ७ सय ४३ वटा वडामा भदौ १८ गते वडा अधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।

अरू दलबाट समायोजन भएर आएकालाई सदस्यता दिने मापदण्डका विषयमा २१ जिल्लाको सदस्यता सूची अड्केको नेताहरू बताउँछन् ।

प्रदेश १ मा मोरङको सदस्यता सूची सार्वजनिक भएको छैन । प्रदेश २ का सबै ८ जिल्लाहरु सप्तरी, सिराहा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्साको सूची आउन बाँकी छ ।

बागमती प्रदेशका सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं र रसुवा, लुम्बिनी प्रदेशका कपिलवस्तु, बाँके र बर्दिया, कर्णाली प्रदेशका डोल्पा र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशका बाजुरा, डडेलधुरा र कैलालीको पनि सदस्यता सार्वजनिक भएको छैन ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap