कांग्रेसको पदाधिकारी बैठक बस्दै


लेखक : सुन्दराञ्चल      अशोज ६, २०७८ मा प्रकाशित     
कांग्रेसको पदाधिकारी बैठक बस्दै

६ असोज, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठक बुधबार दिउँसो तीन बजे देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने छ । सरकारमा सहभागी हुने मन्त्री छनोट र आसन्न महाधिवेशनबारे छलफल गर्न बैठक बस्न लागेको देउवा निकट एक नेताले जानकारी दिए ।

मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा परराष्ट्रमन्त्री तत्काल नियुक्त गर्ने सहमति भएको थियो । प्रधानमन्त्री देउवाले नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने तयारी गरेको स्रोतले बतायो । डा. खड्कालाई आजै पद तथा गोपनीयताको शपथ खुवाउने तयारी छ ।

२९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले त्यही दिन चार मन्त्री नियुक्त गरेका थिए । कांग्रेसबाट बालकृष्ण खाँण गृह र ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री भएका छन् भने माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जामन्त्री छन् । यस्तै १० साउनमा कांग्रेस सांसद उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका थिए । कांग्रेसको पदाधिकारी बैठकमा महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशनको नयाँ मितिबारे पनि निर्णय हुने बताइएको छ ।

प्रदेश नं. २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलाली गरी १३ जिल्लाको पार्टीको क्रियाशील सदस्यता विवरण अझै सार्वजनिक हुन नसकेका कारण ती जिल्लामा यसअघिको वडा अधिवेशन कार्यतालिका प्रभावित भएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap