काँग्रेस नेता बिष्टद्वारा प्रधानमन्त्रीलाई अनुरोध


लेखक : सुन्दराञ्चल      साउन २२, २०७८ मा प्रकाशित     
काँग्रेस नेता बिष्टद्वारा प्रधानमन्त्रीलाई अनुरोध

बेलाैरी कञ्चनपुर २२ साउन । कञ्चनपुरको दक्षिणी क्षेत्रका विविध समस्यालाई लिएर नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि एवम् महाकाली बहुमुखी क्याम्पसका अध्यक्ष हरेन्द्र सिंह बिष्टले प्रधानमन्त्री शेर बहादुर देउवाकाे ध्यानाकर्षण गराएका छन् ।

नेता बिष्ट बिहिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेँ संगैं अनाैपचारिक भेटघाटका क्रममा दक्षिणी क्षेत्रका विविध समस्या अवगत गराउदै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

नेता बिष्टले मुख्यतः बेलाैरीकाे महाकाली बहुमुखी क्याम्पसलाई आङ्गिक क्याम्पस बनाइनुपर्ने, स्नातक बाट स्नातकोत्तर तह (एम.एड, एम बि.एस) कक्षा सञ्चालन गर्नुपर्ने कुरामा जाेडदिदै अनुमतिका लागि अनुरोध गरेका छन् । साथै उनलेे विद्यार्थीकाे चापलाई मध्यनजर गरि स्कुल बसकाे आवश्यकता परिपुर्तिका लागि भारतीय राजदुतावासले १५ अगष्टमा वितरण गर्ने बसका लागि समेत पहल गरिदिन आग्रह गरेका हुन ।

भने अर्कोतर्फ, बेलाैरी ८ पचुइ क्षेत्रमा भारतीय पक्ष बाट पटकपटक अवरोध सृजना भइ राेकिएकाे करिब १२ सय मिटर हुलाकी सडक कालोपत्रे बारे अवगत गराउदै निर्माणकार्य तत्काल सुचारू गर्न गराउन प्रधानमन्त्री देउवा समक्ष बिशेष अनुरोध गरेका छन् । यस्तै नेता बिष्टले – भुमि आयाेगकाे कार्यलाई अविलम्ब प्रक्रियामा ल्याइ राजस्वको दायरा गरिब जनताले तिर्न सक्ने गरि कम गरिनुपर्ने, बेलाैरीकाे छाेटी भन्सारलाई स्तराेउन्नति गर्न , दाेदा नदि कटान पटान सन्दर्भ, आरक्ष पिडितकाे समस्या, अलपत्र विकासे याेजनाकाे काम सुचारू गर्न गराउन, उखु कृषकहरूकाे अनुदान रकम समयमै उपलब्ध गर्न गराउन, १८ बर्ष मुनिका बाल-बालिकाहरुलाई काेभिड्१९ विरुद्धको खाेप लगाई विद्यालयकाे पठ्न पाठन् सुचारू गर्न गराउन लगायतका विविध विषयमा प्रधानमन्त्रीकाे ध्यानाकर्षण गराएकाे बताएका छन् ।

प्रधानमन्त्री देउवा संगकाे भेटघाट पछि नेता बिष्टले भने – ” लामाे समय पछि दक्षिणी क्षेत्रका साँझा समस्यालाई प्रधानमन्त्री देउवा समक्ष राख्ने अवसर
जुट्याे । सम्माननीय प्रधानमन्त्री ज्यू एकदमै सकारात्मक हुनुहुन्छ तसर्थ हामीले उठाएका विविध विषय सहित हुलाकी सडकको समस्या समाधान हुने कुरामा हामी विश्वस्त छाैं ।”

काँग्रेस नेता बिष्ट पार्टीमा बलियो पहुँच भएका व्यक्ति हुन भने उनी प्रधानमन्त्री देउवा निकटका रुपमा पनि चिनिन्छन् । पार्टी सभापती देउवा पाँचौं पटक प्रधानमन्त्री भएपछि पछिल्लो पटक दक्षिणी क्षेत्रका जनताले भाेग्नु परेको समस्या र झेल्नुपरेको पिडालाई लिएर उनी बुधबार नै प्रधानमन्त्री निवास पुगे ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap