काँग्रेस नेताको घरमा भेटिन थाल्यो कोभिड खोप


लेखक : सुन्दराञ्चल      साउन २९, २०७८ मा प्रकाशित     
काँग्रेस नेताको घरमा भेटिन थाल्यो कोभिड खोप

धनगढी २९ साउन । नेकपा एमालेका सांसद नारदमुनि रानाले काँग्रेस नेता कार्यकर्ताहरूको घरमा कोभिड खोप भेटिन थालेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद रानाले उनले महाकाली नदीमा भारतीय सेनाबाट जयसिंह धामी मारिँदा सरकार नबोलेको, मेलम्चीमा बाढीले अस्तब्यस्त पार्दा सरकार बेखबर भएको आरोप लगाए ।

उनले भने– ‘खोप, खोप, खोप प्राथमिकतामा रहेको सरकारले ओली सरकारले ल्याएपछि खोप ल्याउन सकेको छैन् । अहिले काँग्रेसका नेता कार्यकर्ताहरूको घर घरमा खोप भेटिन्छ । त्यति मात्र हैन अहिले दशौं हजार तिरेर ठूला बढा भिआइपीको घरमा खोप भेटिन्छन् ।’

उनले एउटा कागज देखाउँदै सहयोगको नाममा, स्वास्थ्य सामग्री वितरणको नाममा गाउँ गाउँमा अमेरिकी सेना पुगेको आरोप लगाए । उनले सरकार आयोग खारेज गर्ने विषयमा केन्द्रीत भएकोले यस्ता विषय थाहा नभएको दावी गरे ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap