काँग्रेसको वडा स्तरको अधिवेशन स्थगित


लेखक : सुन्दराञ्चल      भदौ १७, २०७८ मा प्रकाशित     
काँग्रेसको वडा स्तरको अधिवेशन स्थगित

धनगढी १७ भाद्र । नेपाली काँग्रेसको वडा स्तरको अधिवेशन स्थगित भएको छ । भाद्र १८ गतेदेखि सुरु हुने भनिएको वडा स्तरको अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो ।

नेपाली काँग्रेस कैलालीले एक सुचना जारी गर्दै जिल्लमा हालसम्म क्रियाशिल सदस्यको नामावली उपलब्ध नभएको भन्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि वडा स्तरको अधिवेशन स्थगित भएको जानकारी गराएको छ ।

काँग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत भाद्र १८ गते देखि वडा स्तरको अधिवेशन हुने भएको थियो ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap