कस्तो हुनेछ आजको मौसम ?


लेखक : सुन्दराञ्चल      पुस २६, २०८१ मा प्रकाशित     
कस्तो हुनेछ आजको मौसम ?

पुस २६,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

यति वेला कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ ।

आज दिउँसो कोशी तथा गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको छ । अन्यत्र मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ ।

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap