आज कस्तो रहला त देश भरको मौसम ?


लेखक : सुन्दराञ्चल      साउन १, २०८० मा प्रकाशित     
आज कस्तो रहला त देश भरको मौसम ?

साउन ०१  हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।गण्डकी प्रदेशका केही साथै कोसी, वाग्मती र कर्णाली प्रदेशका थोरैलगायत बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । मधेस प्रदेशका थोरै बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।विभागका अनुसार कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरुमा मेघ–गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । मधेस प्रदेशका एक–दुई, कोसी र वाग्मती प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेका विभागले जनाएको छ ।

भारी वर्षाको सम्भावना रहेको हुनाले यसबाट सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने विभागले जनाएको छ । भारी वर्षा, मेघ गर्जन र चट्याङ, गेग्रान बहाव, बाढीपहिरो तथा भू–क्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap