कस्तो छ त आजको मौसम,


लेखक : सुन्दराञ्चल      साउन २४, २०८० मा प्रकाशित     
कस्तो छ त आजको मौसम,

 साउन २४ ,  यसपालि मनसुन शुरु भएपछि पहिलोपटक एकसाथ देशभर वर्षा भएको छ । अस्तिरातिदेखि हिजोसम्म देशभर वर्षा भएको थियो । यसअघि निश्चित क्षेत्रमा मात्रै पानी परेको थियो भने बेलाबेलामा खण्डे वर्षा भने भइरहेको थियो । यसपालि गएको जेठ ३१ गते पूर्वी क्षेत्र हुँदै मनसुन नेपाल भित्रिएको थियो ।

मनसुनको शुरुवातमा पूर्वी पहाडी जिल्लामा जनधनको क्षति हुने गरी केही दिन ठूलो पानी परेको थियो भने भित्रिएको १० दिनपछि मात्रै मनसुन देशभर सक्रिय भएको थियो । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपाल नजिक रहेकाले आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए ।

उनका अनुसार आज धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनेछ । बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा भने ठूलो पानी पर्ने उनले बताए । आज अस्तिराति र हिजोको जस्तो लगातार ठूलो पानी पर्ने सम्भावना भने नरहेको उनको भनाइ छ । तर, बाढी पहिरोको जोखिम भने कायमै छ ।

हिजो र अस्तिको पानीले गलेका जमिनमा पहिरोको जोखिम रहेको र नदी तथा खेलामा पनि जलसतह बढेकाले मध्यम वर्षा हुँदा पनि बाढी आउन सक्ने हुँदा सचेत रहन मौसमविद्को आग्रह छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap