कस्तो छ आजको मौसम ?


लेखक : सुन्दराञ्चल      पुस २२, २०७९ मा प्रकाशित     
कस्तो छ  आजको मौसम ?

 २२ पुस   हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य  प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली  रही तराईका धेरै भू-भागहरूमा हुस्सु लागिरहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भू-भागहरूमा हुस्सुरकुहिरो  लाग्ने सम्भावना रहेको छ। यो क्रम रातीसम्म चल्ने महाशाखाले जनाएको छ ।

तराईका धेरै  भू-भागहरूमा  बाक्लो  हुस्सु लाग्ने  भएकोले दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी   अपनाउन महाशाखाले अनुरोध गरेको छ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap