कस्तो कथा सुन्छन् बालबालिका ? बालबच्चालाई मोबाइलमा भुलाउने होइन,


लेखक : सुन्दराञ्चल      मंसिर २, २०७९ मा प्रकाशित     
कस्तो कथा सुन्छन् बालबालिका ? बालबच्चालाई मोबाइलमा भुलाउने होइन,

 मंसिर २,  । प्रविधिले फड्को मारेका कतिपय उन्नत देशमा बालबच्चालाई कथा सुनाउँदै प्रचलन छ । यसले उनीहरुलाई मोबाइल, ल्यापटपको लतबाट जोगाएको मात्र छैन, भावनात्मक विकास पनि राम्ररी भएको छ । सानैदेखि कथा सुन्ने बच्चामा पुस्तकप्रति लगाव बढ्ने र पठन संस्कृतिको विकास हुने लेखक सुविन भट्टराईको बुझाइ छ ।

‘सही अभिभावकत्वका लागि बालबच्चालाई कथा सुनाउनु सर्वोत्तम हो,’ लेखक भट्टराई भन्छन्, ‘यसले उनीहरुमा कल्पनाशीलता, सिर्जनशीलता बढ्छ ।’

हामीकहाँ पनि लोरी सुनाउँदै सुताउने प्रचलन थियो विगतमा । जतिबेला इन्टनेट थिएन, मोबाइल र टेलिभिजन थिएन । त्यसबेला बुवाआमाले बच्चालाई कथा सुनाउने गरिन्थो । बालसाहित्य लेखक कृष्णदीप सिग्देल सुनाउँछन्, ‘हजुरबा-हजुरआमाको काखमा पल्टिएर वा बुवाआमाको छातीमा टाँसिएर कथा सुन्नु निकै आनन्दमय हुन्थ्यो ।’

पहिले पहिले कथा सुनाउँदा ‘एकादेशमा एउटा देश थियो’ भन्ने वाक्यांशबाट सुरु हुन्थ्यो । यसरी बच्चालाई स्वैरकाल्पनिक दुनियाँमा पुर्‍याइन्थ्यो र रहस्य, संघर्ष, सफलताको कथा भनिन्थ्यो । यस्ता कथाबाट उनीहरुलाई जीवन र जगतका थुप्रै कुरा बुझाउन सकिन्थ्यो । नैतिकता र आचरणको कुरा सिकाउन सकिन्थ्यो । सत्य र असत्यबीचको भेद छुट्याउन सिकाइन्थ्यो ।

कथा सुन्ने, पढ्ने बानीको विकासले बच्चामा किताबप्रति भावनात्मक लगाव बढ्छ । लेखक सिग्देल भन्छन्, ‘संस्कार, संस्कृति, व्यवहार र भाषाको विकास गर्न बालबालिकालाई कथा सुनाउनु एकदमै महत्त्वपूर्ण हुन्छ ।’

लेखक भट्टराई भन्छन्, ‘म अहिले छोरोलाई परी र राजकुमारीहरूको पुरानो कथा भन्दा पनि नयाँ सामाजिक कथा तत्काल सिर्जना गरेर उसलाई सुनाउँछु ।’

सुविनका अनुसार एउटा कथा सुनाउनासाथ बच्चाले अर्को कथा सुन्ने इच्छा राख्छ । कहिलेकाहीं त उनी आफैंले कनीकुथी कथा भन्ने जमर्को पनि गर्छ ।

कथा हरायो, मोबाइलमा रमायो

अहिले आमाबुवाहरुले बच्चालाई कथा भन्ने प्रचलन हराउँदै गएको लेखक भट्टराईको बुझाइ छ । बुवाआमाले बालबच्चालाई कथा भन्ने भन्दा पनि मोबाइल दिएर वा टीभीको रिमोट दिएर अलग्गै राख्ने गर्छन् । यसैले गर्दा बच्चाहरु अहिले आमाबुवाको सामीप्य खोज्ने भन्दा पनि मोबाइलमा लम्पट हुने प्रवृत्ति बढ्दो छ ।

‘अहिले बालबच्चालाई हामीले गलत ढंगले हुर्कारहेका छौं,’ भट्टराई भन्छन् ।

अहिले बालबच्चा मोबाइलमा भिडियो हेरेर, गेम खेलेर रमाउन अभ्यस्त हुँदैछन् । उनीहरु टिकटक, फेसबुकमा लिप्त हुँदैछन् । आधुनिक उपकरणमा अभ्यस्त हुनु त राम्रो हो यद्यपि त्यसमा सम्प्रेषण हुने सामग्री बालमैत्री छैनन् । त्यसैले उनीहरुको बाल मानसिकतामा फाइदा पुर्‍याउने भन्दा पनि हल्का मनोरञ्जन, हिंसा, बदलाजस्ता कुरामा उक्साइरहेको मनोविद्हरुको विश्लेषण छ ।

बाल मनोचिकित्सक डा. अरुण कुँवर भन्छन्, ‘अहिले बालबच्चाहरू ओछ्यानमा पल्टिएपछि मोबाइल खेलाउँछन् । यसले उनीहरूको निद्रा खलबलिएको मात्र छैन, अनावश्यक सामग्रीहरू हेर्ने, सुन्ने प्रवृत्ति विकास हुँदै गएको छ ।’

मोबाइल खल्तीमा, किताब हातमा

बाल्यकालमै कथा सुन्ने बानीले गर्दा उनीहरुमा पठन संस्कृतिको विकास हुने र यसले उनीहरुको रचनात्मक क्षमता बढ्ने लेखक भट्टराईको बुझाइ छ ।

कथा सुन्ने, पढ्ने बानीको विकासले बच्चामा किताबप्रति भावनात्मक लगाव बढ्छ । लेखक सिग्देल भन्छन्, ‘संस्कार, संस्कृति, व्यवहार र भाषाको विकास गर्न बालबालिकालाई कथा सुनाउनु एकदमै महत्त्वपूर्ण हुन्छ ।’

बाल मनोचिकित्सक कुँवरका अनुसार पुस्तक पढ्ने वा कथा सुन्ने बानीले बच्चाको भावनात्मक विकास राम्ररी हुनपुग्छ । उनीहरुमा यसले सकारात्मक प्रभाव पार्छ । धैर्यता, विनम्रता, नैतिकता, मानवताको कुरा सिक्छन् । कुँवर भन्छन्, ‘खाली समयमा दैनिक कम्तीमा पनि आधा घण्टा बच्चालाई कथा सुनाउनुपर्छ ।’

कथा सुनाउने प्रवृत्तिले बच्चाको कल्पनाशीलता र रचनात्मक क्षमता बढाउन सहयोग गर्छ । यसरी कथा सुनेर हुर्किएका बच्चाहरूले पढ्न लेख्न पनि छिटो सिक्छन् । यसले उनीहरूको बौद्धिक क्षमता, ज्ञान भण्डार बढाउन पनि मद्दत गर्ने कुँवर बताउँछन् ।

कस्तो कथा सुन्छन् बालबालिका ?

बालबालिकाको स्वभाव चञ्चले हुन्छ । उनीहरू साना-साना गल्तीहरूलाई छोप्न ढाँट्न पाए भने खुसी हुने रमाउने गर्छन्  । गम्भीर विषयलाई बालबालिकाले रुचाउँदैनन् । उनीहरूलाई रमाइलो चिज र कल्पना मन पर्छ । बालबालिकालाई पढ्नतिर रुचि गराउने हो भने मनोरञ्जनले भरिएको कथाहरू सुनाउनुपर्छ ।

बाल मनोचिकित्सकका अनुसार कथामा यस्ता पात्रहरू तयार गरिदिनुपर्छ जुन पात्रमा बालबालिकाले आफूलाई देखुन् । उनीहरूलाई रुचि नभएको कथा सुनाइयो वा पढ्न दिइयो भने उनीहरूले पढे सुने पनि स्मरण भने गर्दैनन् । बालबालिकालाई धनी गरिबको कुरा, धर्म संस्कृतिको गहन कुरा कथा मार्फत दिन खोज्नु हुँदैन । उनीहरूको स्वभाव अनुसारको पात्र भएको कथा सिर्जना भयो भने त्यसलाई बालबच्चाले रुचाउँछन् ।

छैन बालरचना

बाल साहित्य लेखक सिग्देलका अनुसार पहिले बालबालिकाका लागि बनेका साहित्य धेरै नैतिक शिक्षासँग जोडिएको हुन्थ्यो । ठूलाको सोच अनुसार रचना भएका किताब उपदेशको हिसाबले ठिकै हुन सक्ला तर बालबालिकाले त्यसलाई रुचाउँछन् कि रुचाउँदैनन् भनेर अध्ययन गरेर भने बनेका थिएनन् ।

पछिल्ला दिनहरूमा भने बालकालकाको रुचिलाई विचार गरेर उनीहरूको आवश्यकता पूर्ति गर्ने खालको साहित्य रचना हुनुपर्छ भन्ने सोच विकास भएको छ र त्यसै अनुरूपका बाल साहित्य लेख्ने क्रम पनि सुरु भएको सिग्देल बताउँछन् ।

अहिले हामीसँग भएका बालसाहित्य सबै बालमैत्री भने छैनन् । तर त्यसको विकास भने भइरहेको छ । हाम्रा बालबच्चामा पठन संस्कृति नहुनुको विभिन्न कारण छन् । सरकारको नीति र पाठ्यक्रमको संरचना बालबालिकामा पठन संस्कृति विकास गर्ने खाले छैन, बालबालिकालाई पढौं पढौं लाग्ने, आकर्षण गर्ने खाने बालसाहित्य नबनेका उनको तर्क छ ।

‘विद्यालयले किताबको बोझ यति धेरै राखिदिएका छन् कि अरू बाहिरी किताब पढ्ने समय नै हुँदैन बालबालिकासँग । अभिभावकले पनि बालबालिकालाई भौतिक किताबभन्दा पनि मोबाइल थमाइदिएका हुन्छन् जसले उनीहरूमा पठन संस्कृति विकास हुन नसकेको हो,’ सिग्देल भन्छन् ।

बाल मनोविज्ञान अनुरूपका पुस्तकहरू नभएर पनि बालबालिकामा पठन संस्कृतिको विकास नभएको उनी बताउँछन् ।

उनीहरूको आवश्यकता र रुचि अनुसारको पुस्तक नै बालमैत्री हुन्छ । बच्चाले यो मेरो हो भनेर अनुभव गर्न सक्ने चिजलाई बालमैत्री भनिन्छ । बाल साहित्यको बारेमा चर्चा गरिदिने र बाल साहित्य सर्जकले चर्चा गरिदिने माध्यम नभएर केही राम्रो बाल साहित्य पनि ओझेलमा परेको सिग्देलको भनाइ छ ।

बाल मनोविज्ञान अनुसार कथा

बच्चाको उमेर समूह अनुसारका कथा सुनाउनुपर्ने सिग्देल बताउँछन् । तीन वर्षमुनि, तीनदेखि पाँच वर्ष, पाँचदेखि सात वर्ष, नौदेखि १२ र १२ वर्षभन्दा माथि गरेर बालबालिकाको उमेर समूह विभाजन गर्न सकिन्छ । प्रत्येक उमेर समूहको रुचि र क्षमता पनि फरक हुन्छ । त्यसैले उसको उमेर समूह अनुसारको बाल साहित्यको रचना हुनुपर्ने सिग्देल बताउँछन् ।

‘नौ वर्षभन्दा कम उमेरका बालबालिकाले रंगीन चित्र भएको पुस्तक रुचाउँछन्,’ उनी भन्छन्, ‘नौ वर्षमाथिका बालबालिकाले थोरै चित्र र धेरै भाषा रुचाउँछन् । त्यही अनुसारको बाल साहित्य बन्यो भने उनीहरूले मन पराउँछन् ।’अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap